अपडेट 
२०८१ पुष ११, बिहीबार ०७:५७

सर्लाहीको धनकौल गाउँपालिकामा उखु बोकेका ट्रैक्टरलाई गाउँ प्रवेशमा रोक लगाएका छन् ।

जिल्लाको धनकौल गाउँपालिका– २ स्थित धनकौल गाउँमा स्थानीय वासिन्दाले उखु बोकेका ट्रैक्टरलाई गाउँको बाटो भएर हिँड्न रोक लगाएका छन् । उखु लोड गरेर गाउँ हुँदै चिनी मिलतर्फ जाने ट्रैक्टरलाई विद्युतीय जोखिमका कारण प्रवेशमा प्रतिबन्ध लगाइएको छ । ट्रैक्टरमा अत्यधिक उखु लोड गर्दा विद्युतीय तारमा छोइने समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन् ।

अधिकांश ठाउँमा तार चुँडिने, कतै तारलाई उखुले छोएर विद्युत् सर्ट हुने घटनाले गाउँमा करेन्ट लाग्ने र आगलागीको जोखिम बढाएको स्थानीय रामएकवाल सहनीले बताए । सावधानी अपनाउन स्थानीयले यस्तो निर्णय गरेको सहनीले बताए । निकै अग्लो बनाएर उखु लोड गरिएको ट्रैक्टर गुडाउँदा बिजुलीको नांगो तारमा छोएपछि विद्युत् प्रवाहमा बारम्बार समस्या भइरहेको स्थानीयको भनाइ छ । उल्टै ट्रैक्टर चालकले स्थानीयसंग विवाद गर्ने गरेपछि ट्रैक्टर आवागमनमा रोक लगाउन बाध्य भएको सहनीले बताए ।

गाउँलेले उखु बोकेका ट्रैक्टरलाई नहरको बाटो भएर लानुपर्ने माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News