पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन जनकपुर बोल्ट्सले मधेश प्रदेशको सबै आठ जिल्लामा ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ ।
बिहीबार आफ्नो अफिसियल फेसबुक पेज मार्फत जनकपुरले ४ दिन लामो ‘ट्रफी परेड’ को बारेमा जानकारी दिएको हो ।
शुक्रबारदेखि सुरु हुने परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ । शनिबार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ । तेस्रो दिन आइतबार बारा र पर्सामा परेड गरिने र अन्तिम दिन अर्थात सोमबार सिराहा र सप्तरीमा ट्रफी परेड गरिनेछ ।
‘ट्रफी परेड’को लागि अहिले जनकपुरले आफ्नो ट्रफिलाई व्यवस्थापनको लागि हेटौँडामा बसेर साजसज्जाको काम गरिरहेको छ । गत शनिबार भएको फइनलमा सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधी जितेको थियो ।