
नेकपा एमाले धनुषाको विवाद छताछुल्ल भएको छ । एमालेका केन्द्रीय सचिव समेत रहेका पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठको कार्यक्रमलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले बिहीबार बहिष्कार गरेका छन् ।
धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘क’ तिनकौरिया चोकमा आयोजित पार्टी प्रवेशमा सो क्षेत्रका नेताहरुले नै बहिष्कार गरे । प्रदेश संयोजक जामुन रान यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव महासेठले आफ्नै दलका केन्द्रीय सदस्य उमाशंकर अरगडिया र सञ्जीव झॉसुरज’लाई लक्षित गर्दै भने, अब क्वीन्टलिया नेता र पण्डिजीहरुको दिन गए ।
अरगडिया गत संसदीय निर्वाचनमा झिनो मतले र झा प्रदेश सभामा झिनो मतान्तरले पराजित भएका हुन् । निर्वाचन क्षेत्र नम्बर २ मा एमालेको बलियो संगठन बनाएका अरगडिया र झा विरुद्ध पार्टी प्रवेशको नाममा अन्य क्षेत्रबाट नेता, कार्यकर्ता लगेर सभा गरेको आरोप सचिव महासेठमाथि लगाइएको छ ।
महासेठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा उनका निकटका नेताहरु सन्तोष यादव, लखन दास, रामसिंह यादव लगायतले आ–आफ् ना धारणा राखेका थिए । सचिव महासेठले मञ्चबाटै अरगडिया र झाको विरोध गरेपछि सामाजिक सञ्जालमा दुवै पक्षबाट कडा टिप्पणीहरु हुन थालेका छन् । सचिव महासेठलाई लक्षित गर्दै केन्द्रीय सदस्य सञ्जीव झाले सामाजिक सञ्जालमा धनुषामा हेमबहादुर मल्लको हविगत पनि देखिएको लेखेका छन् ।
मल्ल दम्पत्ती एकपटक श्रीमान्–श्रीमती नै चुनाव जितेपछि शेरे धनुषाको नामले प्रख्यात भएका थिए । तर उनको अन्त अत्यन्त नराम्ररी भएको संकेत गर्दै झाले महासेठ दम्पत्ती माथि व्यंग्यात्मक रुपमा प्रहार गरेका छन् ।