विवाहको प्रलोभनमा पारी पटक–पटक करणी गरेको आरोप लगाएपछि घटना सार्वजनिक भएको छ ।
सर्लाहीको इश्वरपुर नगरपालिका वडा नम्बर ८ की नाम परिवर्तन निशा कुमारीलाई स्थानीय २२ वर्षीय विकेश सिंहले विवाह गर्ने प्रलोभन दिइ पटक–पटक करणी गरेको पीडित कुमारीले आरोप लगाएकी छन् । गएको मंसिर ३ गतेका दिन तिमीसंग भेट्नु छ भनेर उखुबारीको एकान्तकुनामा बोलाएर आफूलाई कुटपिट गरी जवर्जस्ती करणी गरेको पीडितले आरोप लगाइन् ।
पीडित कुमारीको भनाइ अनुसार केटाले अहिले विवाह नगर्ने र साथै कसैसंग विवाह गरियो भने तलाई मारि दिने भनेर धम्की दिएपछि आफूले इलाका प्रहरी कार्यालय इश्वरपुरमा उजुरी दर्ता गरिदिन भनेर जाहेरी लिएर त्यहाँ पुगे । इलाका प्रहरी कार्यालय इश्वरपुरका प्रहरी निरीक्षक उमाकान्त जोशीले जाहिरी दर्ता गर्न मानेनन् । त्यसको अर्को दिन आउनु भनेर उनले फर्काइ दिए । त्यसपछि पुनः त्यहा पुग्दा प्रहरी निरीक्षक जोशीले इश्वरपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष श्याम थापासंग भेट्नु वहाँले मिलाई दिनु हुनेछ भनेर वडामा पठाई दिए ।
वडामा जादा वडाअध्यक्ष थापाले केही पैसा लिएर चुप लागेर बस्नु भनेपछि आफू अन्यायमा परेको पिडित कुमारीले दुखेसो पोखिन् । यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले पीडितको उजुरी दर्ता गरिएको जानकारी दिए । सो जाहेरी दर्ता गरेर मंगलबार नै पीडितलाई मेडिकलको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाएको छ ।