अपडेट 
२०८१ पुष १२, शुक्रबार ०७:३६

मुख्यमन्त्री सतीशकुमार सिंहले ल्याउन लागेको अध्यादेशको विरोधमा सत्तारुढ दल नेकपा एमाले नै अग्रसरता लिने भएको छ ।

नेकपा एमाले मधेश प्रदेशका संसदीय दलको बैठकबाट प्रदेश सरकारको योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने निर्णयको पनि विरोध गर्ने आन्तरिक तयारी थालेको छ । मधेश प्रदेशसभा सचिवालयमा संसदीय दलको कार्यालयमा बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको समीक्षा, सरकाको कार्यशैलीबारे छलफल, प्रदेश सरकारको योजना सञ्चालन र मुख्यमन्त्रीले ल्याउन लागेको अध्यादेशको विषयमा छलफल भएको नेकपा एमालेकी प्रदेश सांसद शारदादेवी थापाले जानकारी दिइन् ।

सो बैठकमा गठबन्धन दलका नेताहरूसंग छलफल नगरी मुख्यमन्त्रीले ल्याउन लागेको अध्यादेशको विरोध गर्ने विषयमा सांसदहरू एकमत भएको प्रदेश सांसद थापाले बताइन् । प्रदेश सरकारको योजना सञ्चालन गर्न ढिलाइ भएकोले समयमै काम सम्पन गर्न उपभोक्ता समितिबाटै योजना सञ्चालन गर्ने एमाले संसदीय दलमा सहमति भएको प्रदेश सांसद थापाले प्रस्ट्याइन् ।

Comment


Related News

Latest News

Trending News