अपडेट 
२०८१ पुष १३, शनिबार ०७:४२

मधेश प्रदेशका साढे ७ सय पत्रकार हरूको सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्ने सम्झौता भएको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेशका पत्रकार हरूको सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्न शुक्रबार एक कार्यक्रमकाबीच राष्ट्रिय बीमा कम्पनी लिमिटेडसंग सम्झौता गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयको कार्य क्षेत्रसमेत रहेको आम सञ्चार प्राधिकरणले मधेश प्रदेशका पत्रकारहरूको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत प्रतिव्यक्ति ७ लाख रूपैयाँको दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्न लागेको छ ।

श्रमजीवी पत्रकारहरूको सहजताका लागि स्वास्थ्य बीमा गर्न लागिएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जनाए । नेपाल पत्रकार महासंघ तथा पत्रकार सम्वद्ध विभिन्न संघसंगठनको विशेष आग्रहमा आमसञ्चार प्राधिकरणमार्फत पत्रकार स्वास्थ्य बीमा गर्न लागिएको उनले बताए । सो बीमालाई आगामी वर्षमा निरन्तरता दिँदै जाने लक्ष्य रहेको उनले बताए ।

प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मधेश प्रदेशका हरेक पत्रकारको १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा र ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा हुने बताए । उनले यसअघि २०७९ सालमा १५० जना र २०८० सालमा ११५ जना महिला पत्रकारको स्वास्थ्य बीमा गरिएको र २०८१ सालमा बीमा कार्यक्रमका लागि गृह, सञ्चार तथा कानुन मन्त्रालयले ३० लाख रूपैयाँ बजेट उपलब्ध गराएकोसमेत बताए । अध्यक्ष यादवले प्राधिकरणको जिम्मेवारी सम्हालेदेखि नै सञ्चार क्षेत्रमा नयाँ कामहरू गर्ने प्रयास निरन्तर जारी रहेको समेत बताए ।

Comment


Related News

Latest News

Trending News