अपडेट 
२०८१ पुष १३, शनिबार ०७:४९

आफू चिकित्सक रहेको भन्दै बेहोस पारेर उपचार गर्ने नाममा लुटपाट भएको छ । चिकित्सकको नाममा ठगी र लुटपाट गर्दै आएका युवकलाई भने प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी जलेश्वर नगरपालिका–२ स्थित हरिटोल ठेगाना भई ललितपुरको ललितपुर महानगरपालिका–१७ ग्वार्कोका ३० वर्षीय डा. आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ । उनले सामाजिक सञ्जालमा डा.आलोक पाण्डेका नाममा फेसबुक आइडी बनाएका छन् । सामाजिक सञ्जालमार्फत नै विभिन्न व्यक्तिसँग चिनजान गरी सुगर रोगीको उपचार गर्छु भन्दै घरमा गएर औषधि खुवाई बेहोस बनाइ लुटपाट गरेका छन् ।

ललितपुरका एक व्यक्तिको घरमा उपचारका लागि भनेर पुगेका उनले बिरामीलाई औषधीमार्फत बेहोस बनाई सुन तथा चाँदीका गरगहनाहरू र नगद तीन लाख रूपैयाँ समेत चोरी गरेको काठमाडौं अपराध अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले बताए । घटनापछि फरार रहेका मण्डललाई प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका–४ आरूखर्कबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट नगद ५९ हजार ३ सय ६० रूपैयाँ र तीन वटा मोबाइल बरामद भएको छ । उनले कतिपय व्यक्तिहरुलाई उपचारको नाममा यौन दुव्र्यवहार समेत गरेको अनुसन्धानमा खुल्न आएको छ । चिकित्सक बनेर उनले उपचारका नाममा ठगी समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Comment


Related News

Latest News

Trending News