अपडेट 
२०८१ पुष १३, शनिबार १८:४४

जनता समाजवादी पार्टी, नेपालको प्रचारप्रसार तथा प्रकाशन विभागको बैठकले केन्द्रीय पदाधिकारी चयन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार बसेको विभागको बैठकले दुई जना पदाधिकारी चयन गर्दै विभागलाई पूर्णतः दिएको छ ।

जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र साहको उपस्थितिमा पूर्णबहादुर बस्नेत प्रमुख रहेको उक्त बैठकले उपप्रमुखमा शम्भु झा, सचिवमा देवबहादुर दुरालाई मनोनयन गरेको छ ।

गत जेष्ठमा जनकपुरमा सम्पन्न पार्टीको महाधिवेशन पछि प्रथम पटक बसेको प्रचार विभागको बैठकले प्रदेश, जिल्ला र पालिका स्तरमा प्रचार विभाग गठन गरी देशब्यापी रुपमा त्यसलाई अझ प्रभावकारी र व्यवस्थित गर्ने निर्णय गरेको छ ।

Comment


Related News

Latest News

Trending News