महोत्तरीको एक विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरुले आन्दोलित भएका छन् ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झाले कक्षा ७मा पढ्ने एक छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै सोही विद्यालयका विद्यार्थीहरु प्रदर्शनमा उतरेका हुन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रअ झामाथि कानूनी कारबाहीको माग राख्दै प्रदर्शन गरेका हुन् ।
प्रधानाध्यापक झाले छात्रामाथि पटकपटक यौन दुव्र्यवहार गरेको आरोप लागेपछि विद्यार्थी र अभिभावकहरुले झालाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा दबाब समेत दिएका छन् ।