अपडेट 
२०८१ पुष १४, आईतवार १५:०६

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा एक सय ६७ जना पुगेको छ ।

एक सय ८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म एक सय ६७ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । दुई जनाको जीवितै उद्वार भएको छ ।

एक सय ७५ जना यात्रु र चालक दलका ६ सदस्य बोकेको जिजु एअरको विमान थाइल्यान्डको बैंककबाट फर्कँदै गर्दा अवतरणका क्रममा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो । एक सय ७५ जना यात्रुमध्ये एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्यान्डका नागरिक रहेका बीबीसीले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन तर स्थानीय सञ्चारमाध्यमहरूले विमानको प्रणालीमा चराले क्षति पुर्याएको हुनसक्ने जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको भिडियोमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखिन्छ । त्यसलगत्तै विमानमा आगो फैलिएको र धूवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ ।

Comment


Related News

Latest News

Trending News