२०८१ पुष १४, आईतवार १६:०५

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव १२ अङ्कले घटेर दुई हजार ६ सय नौ दशमलव ५८ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स, नारायणी विकास बैंक, सप्तकोशी विकास बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन महिला लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशत र आत्मनिर्भर लघुवित्त कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार चार अर्ब ३६ करोडको शेयर कारोबार भएकोमा आज तीन सय १६ वटा कम्पनीका एक करोड १० लाख कित्ता शेयर पाँच अर्ब ४७ करोड रुपैयाँमा किनबेच भएको छ ।

Comment

Related News

Latest News

Trending News