२०८१ पुष १५, सोमबार ०७:३५

सत्तारुढ दलबीच समन्वयको अभाव भइरहेको बेला मुख्यमन्त्री सतीश कुमार सिंहले अर्थमन्त्री सुनिल कुमार रायलाई सोधेको स्पष्टीकरण स्टन्टबाजी रहेको आरोप लगाइएको छ ।

जनता समाजवादी पार्टी(जसपा)नेपाल मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादवले अर्थमन्त्रीले असहयोग गरे सोझै हटाउने अधिकार भएका मुख्यमन्त्रीले स्टन्टबाजी गर्न पत्र काटेको आरोप लगाए । निवर्तमान मुख्यमन्त्री यादवले भने, ‘मुख्यमन्त्रीले चाहेको बखत मन्त्रीलाई बर्खास्त गर्न सक्छन्’ उनले अघि थप्दै भने, मन्त्रीलाई स्पष्टीकरण सोध्ने र ब्रीफिंग लिने काम स्टन्टबाजी बाहेक केही होइन । तर मुख्यमन्त्री सिंहले अर्थमन्त्री रायसित मन्त्रालयको प्रगति, गर्नुपर्ने कामकाजलगायतको विषयमा लिखित जानकारी मात्र मागेको बताए ।

‘विकास निर्माण सम्बन्धी ठूला योजनाहरुको टेण्डर प्रक्रिया अगाडि बढेको छ ’ उनले भने, साना योजनाहरुको हकमा दलहरुसित समन्वय भइरहेको छ । प्रदेशसभाको बैठक पहिले पनि स्थगन र सञ्चालन हुने गरेको अहिले बजेट अधिवेशन सकेर विधेयक अधिवेशन बोलाउने तयारी भइरहेको उनले बताए ।

जसपा नेपालले विगत लामो समयदेखि अवरुद्ध रहेको प्रदेशसभाको बैठक तत्कालै सुचारु गर्न माग गरेको छ । जसपा नेपालको आइतबार बसेको संसदीय दलको बैठकमा प्रदेशसभा वैठकदेखि विकास निर्माणको खर्च सम्बन्धी छलफल भएको जसपा नेपालका निवर्तमान मुख्यमन्त्री यादवले सरकार जनसरोकारको विषयलाई वेवास्ता गरेकाले दलहरुप्रति आक्रोश बढ्न थालेको बताए ।

केन्द्रीय उपाध्यक्षसमेत रहेका पूर्वमुख्यमन्त्री लालबाबु राउतले छलफल सम्बन्धी जानकारी दिँदै विगत लामो समयदेखि प्रदेशसभाको बैठक किन बस्न नसकेको र यसका लागि दलहरु सचेत किन नभएको भन्दै यस विषयलाई गम्भीर रुपमा उठान गरिएको बताए । आर्थिक वर्ष ०८१/०८२ को बजेट अहिलेसम्म खर्च हुन नसक्नु दुःखद रहेको उनले बताए । ‘बजेट अन्तर्गत अहिलेसम्म शून्य खर्च भएको छ, कार्यान्वयन किन नभएको, विकास निमार्णको बजेट ६ महिनासम्म शून्य रहेको छ’ उनले भने, ‘६ महिना देखि कृषि विश्वविद्यालयका कर्मचारीहरुले तलव पाउन सकेका छैन । नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न कसले रोकेको छ

Comment


Related News

Latest News

Trending News