२०८१ पुष १६, मंगलवार ०७:३३

महोत्तरीको जलेश्वरस्थित एक सामुदायिक विद्यालया एक छात्राले साथीहरुको उक्साहटमा आफ्नै विद्यालयका हेडमास्टरमाथि यौन दुव्र्यवहारको झुठा आरोप लगाएर मानहानी गरेको पाइएको छ ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झामाथि सोही विद्यालयमा कक्षा ७ मा पढ्ने एक छात्राले यौन दुव्र्यवहारको झुठा आरोप लगाएपछि सार्वजनिक सम्पति तोडफोड भएको निष्कर्ष निकालिएको छ ।

ती छात्राले आफ्नै साथीहरुको उक्साहटमा परी विद्यालयका प्रधानाध्यापक सञ्जीव कुमार झामाथि मिथ्या आरोप लगाएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सोमबार बसेको सर्वदलीय बैठकमा पीडित भनिएकी बालिकाकी अभिभावकले शिक्षक निर्दोष रहेको बताएकी छन् ।

केही उच्छृंखल युवाहरु आइतबारको घटना घटाउने मुख्य पात्रको रुपमा पहिचान भएकोमा उनीहरुलाई कानुनी दायरा मा ल्याउन सर्वदलीय आग्रह गरिएको छ । आइतबारको घटनाको छानबिन भइरहेको र दोषीलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारीले बताएका छन् । विद्यालयहरू बारे केही थप कुराहरु उठेकोमा विद्यालय व्यबस्थापन समिति र स्थानीय तहले विद्यालय सुधारका कार्यहरु अघि बढाउने प्रतिवद्धता आएको छ ।

Comment


Related News

Latest News

Trending News