अपडेट 
२०८१ पुष १६, मंगलवार ०९:१५

प्रमोद कुमार साह
जनकपुरधाम ।
चाणक्यको एउटा भनाई छ , कुनैपनि काम सुरुवात गर्नका लागि महान हुनु जरुरी छैन । तर, महान हुनका लागि सुरुवातको जरुरत छ । यसै भनाईलाई चरितार्थ गर्दै समाजमा आफनो निरन्तर योगदान दिदै आएका छन् समाजसेवी राजीव झा ।

मधेश आन्दोलित रहेका बेला कानूनबाट प्रताडित भई ५ वर्ष भुमिगत जीवन विताएका डा.राजिव झा तत्कालिन समयमा जनतान्त्रिक तराई मुक्ती मोर्चाका बुद्धिजिवी संगठनका संयोजक नेताको रुपमा परिचित भएका थिए । २०६२÷०६३ को मधेश आन्दोलनमा घाइते भएकाहरुलाई उपचार गराएर प्रहरीको टार्गेटमा आएका डा झाले २०६३ मा प्रहरीको सुट एण्ड साईटबाट बच्न भूमिगत भए । भूमिगत भएपछि तत्कालिन समयमा भूमिगत क्रियाक्लाप गरिरहेका संगठन जनतान्त्रिक तराई मुक्ती मोर्चा ज्वालासिंहको बौद्धिक संगठनका संयोजक बने । जनतान्त्रिक तराई मुक्ती मोर्चा गोइत समूहबाट अलग भएका ज्वाला समूहले पनि पैसामुखी कार्य गर्न थालेपछि मधेश मुक्तीका लागि आन्दोलनमा होमिएका झा संगैका एक समुह भारतको कटिहारमा सम्मेलन गरेर अलग्गै मधेश राष्ट्र जनतान्त्रिक पार्टी गठन गरी संघियतको लागि भूमिगतरुपमै आन्दोलन सुरु गरे ।

भूमिगतमा रहेका मोर्चाहरुलाई शान्ति प्रक्रियामा आउन तत्कालिन शान्ति मन्त्री सत्या पहाडीले आह्वान गरेपछि डा. झा लगायतको समूह हेटौडामा आएर सरकारसंग वार्ता गरि भूमिगत जीवनबाट उन्मुक्त भई तत्कालिन आनन्दी देवी नेतृत्वको सदभावना पार्टीमा समाहित भए र आफनो कार्य दक्षता र अनुभवका कारण नेपाल सदभावना पार्टीका केन्द्रिय महासचिव पनि बने । त्यतिबेला सम्म मधेशका दिग्गज नेतामा गनिने डा राजिव झा समाजसेवाबाट उति परिचित चाहि भएका थिएन ।

हुनतः पहिले देखिनै गरिबहरुका लागि केहि गर्ने चाहना मनमा राखेका डा झा २०५२ देखि नै समाजको सेवामा लागेका थिए । उनि २०५२ सालमा मैथिल युवा नाट्य कल्वको अध्यक्ष बनेर सेवाको सुरुवात गरेका थिए भने २०६० मा ग्रास रुट नेपाल (तराई संरक्षण समिति) गठन गरेर मधेश र मधेशीको अधिकारका लागि आवाज उठाउदै आएका थिए । डा झाले २०६१ सालमा दक्षिण एसिया वर्तमान र भविष्य नामको कार्यक्रममा जोडदाररुपमा मधेश र मधेशीको आवाज उठाएपछि पहिलो पल्ट सुरक्षाकर्मीहरुको नजरमा परेका थिए । भूमिगत जीवनबाट बाहिरिएपछि ग्रामीण भेगमा रहेको आफनो गाउका जनता र आसपासका क्षेत्रलाई उपचारका लागि जनकपुरधामनै जानुपर्ने बाध्यतालाई हटाउन २०६९ सालमा धनुषाको तिनकोरीया चौकमा सामुदायीक अस्पतालनै निमार्ण गराएर जनतालाई सेवा दिने काम सुरु गरे । त्यसपछि ग्रामीण क्षेत्रलाई नै लक्षित गरि आफनो पावर र पहिचानको मद्दतमा विभिन्न समयमा निशुल्क शिविरहरु गाउ गाउमा संचालन गराएर ग्रामीण क्षेत्रका स्थानियहरुलाई खुवै नै सहयोग गरेका थिए । डा झाको जन्मघर धनुषा जिल्लाको विदेह नगरपालिकाको गोबराही टोलमा अहिले पनि ग्रामीणहरुलाई डा.झालाई भगवान जस्तै सबैले स्नेह गर्दै आएका छन् ।

यसै क्रममा वि.स २०७५ माघ तिर झाको भेट तत्कालिन धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल संग भए । प्रजिअ कणेलले राजनीतिसंगै समाजसेवामा हात हाल्न सुझाव दिए र त्यसकालागि आफुले साथ दिने प्रतिवद्धता जनाएपछि डा.झाले क्लोथ बंैक धनुषाको स्थापना गरे । दैनिक ज्यालादारीमा काम गर्ने र आफना बालबच्चाका लागि कपडा खरिद गर्न नसक्नेका लाई निशुल्क कपडा दिने लक्ष्यका साथ २०७५ माघ ८ गते प्रजिअ कणेलकै सहयोगमा जिल्ला समन्वय समितिको खाली कोठामा क्लोथ बैंक धनुषाको स्थापना गरि समाजसेवामा होमिए । बैंकको स्थापना त गरियो तर त्यसमा एक थान पनि कपडा रहेको थिएन त्यसका लागि झाले जनकपुरधामको पसल पसल चहारेर कपडा संकलन गरि कार्यालय सुचारु गराए ।

तर क्लोथ बैंक स्थापनाको सालपछि विश्वभरि कोरोनाको महामारी आयो र जुन समय कोरोनाको कहरका कारण मानिस घरबाट बाहिरपनि निस्कन सकिरहेका थिएन भने कोरोनाको महामारिको चपेटामा परेका व्यक्तिहरुलाई हेर्ने पनि कोहि थिएन,त्यतिबेला क्लोथ बैंक धनुषाका माफर्त डा राजिव झा अगाडी आए । डा झा सबैभन्दा पहिले कोरोनासंग लड्न र कोरोनाका विरामीहरुलाई राहतका लागि आवश्यक समाग्रीका जुटाउनका लागि सुरु गरे । झाले कोरोना महामारीसंग लड्नका लागि सोहि समय चिकित्सको टोली तयार पारे ,जहा अत्यधिक समस्या थियो त्यहा चिकित्सकहरुको सहयोग दिलाए । उनले एक्सन टिम बनाएर घर घर सेवाको काम पनि सुरु गरे तर जव अक्सीजन सिलिण्डरको अभावमा कोरोना प्रभावितको मृत्यु हुनेको संख्या बढोत्तरी भए तब डा झाले अक्सिजन खरिदका लागि क्लोथ बैंकमा जम्मा भएका नगद र केहि सहयोग मागेर अक्सिजन सिलिण्डर खरिद गरि आवश्यक परेको विरामीहरुलाई निशुल्क सेवा दिन थाले । डा झाको यस प्रकारको समाजसेवा देखेर तत्कालिन संघिय सांसद रहेका राजेन्द्र महतोले आफनो संसदीय कोषबाट क्लोथ बैंकलाई अक्सिजन सिलिण्डर खरिदका लागि दसलाख रुपैया जनकपुरधाम उपमहानगरपालिका माफर्त पठाए तर तत्कालिन समयका मेयर लालकिशोर साहले समयमै बजेट विनियोजन गर्न नसकेपछि त्यो रकम फ्रिज भएर गएका थिए ।

यता कोरोनोका प्रभावितहरुका सहयोगका लागि सिलिण्डर खरिद गर्न आएका रकमनै फ्रिज भएपछि दुखि भएका झाको पिडामा जनकपुरधामका संघ संस्थाहरुले मल्हम लगाउदै समाजमा गर्दै आएको लगानी हेरी जानकी फाइनेन्सले १० वटा,जिल्ला प्रशासन कार्यालय धनुषाले १० वटा केहि चिकित्सकहरुले समेत ५÷५ वटा सिलिण्ड प्रदान गरेपछि क्लोथ बैंकमा पर्याप्त अक्सिजन सिलिण्डरको उपाय भएको थियो जुन डा झाले त्यसको सदुपयोगका लागि कोरोना प्रभावितहरुलाई निशुल्क उपचार गरिराखेका सामुदायीक तथा निजी अस्पतालहरुलाई तत्कालै प्रदान गरी हजारौ कोरोना प्रभावितको ज्यान बचाउन मद्दत गरेका थिए ।

डा झा कोरोनाकालको त्यो समयमा आफनो ज्यानको परवाहनै नगरि डोर टु डोर प्रभावितहरुलाई सेवा प्रदान गर्न थालेपछि उनको कार्य हेरेर देशभरिकै चिकित्सकहरु उनको यस कार्यमा दिन रात आफु पनि काम गर्न तयार रहेको भनेर प्रतिवद्धता जनाए र कोरोना कालमा आफनो कार्यदक्षता र सेवा कै कारण केहि हदसम्म कोरोना महामारीलाई परास्त गर्न सफल पनि भएका थिए डा झा ।

गरिवहरुलाई कपडा प्रदान गर्ने अभिप्रायका साथ क्लोथ बैंक स्थापना गर्दा सोहि समयमा नेपाल र भारतका दुवै सरकारले इपिजी समूह गठन गरि नेपालको तर्फबाट चार जना निलाम्वर आर्चाय,राजन नेपाल लगायत दुइजना र भारतबाट भगतसिंह कोशियारी,जयन्त प्रसाद,विसी उप्रेती लगायत चारजनाले सीमाको विषयमा छलफल गरि सीमामा तार जाली लगाउनुपर्ने भन्दै सरकारलाई प्रतिवेदन पठाए । यीनीहरुले प्रतिवेदन बनाएपनि सीमामा बस्नेहरुको भाषासंग चाहि परिचित थिएनन् अर्थात सीमामा बस्ने बासीन्दासंग सोधपुछ समेत नगरि सरकारलाई प्रतिवेदन पठाए ।

यस सम्वन्धमा डा राजिव झा भन्छन, ‘नेपाल–भारत खुला सिमाना दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक, र सामाजिक सम्बन्धको प्रतीक हो। यसले दुवै देशलाई आर्थिक, सामाजिक, र सांस्कृतिक रूपमा जोड्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। यसलाई अझ व्यवस्थित बनाएर थप लाभ उठाउन सकिन्छ ।’

झाले नेपाल र भारतबीचको खुला सिमाना पर्यटन प्रवद्र्धनका लागि महत्त्वपूर्ण आधारशिला रहेको बताउदै यसले दुवै देशका नागरिकहरूलाई सहज रूपमा यात्रा गर्न, सांस्कृतिक आदान–प्रदान गर्न, र व्यापारिक तथा धार्मिक पर्यटनलाई बढावा दिन अवसर प्रदान गर्ने उनको भनाई छ ।
तारजालीले सदियौ देखिको नेपाल भारतको सम्वन्धमा दुरी बढ्ने देखि लिएर मधेशको भारतसंगको बेटीरोटीको सम्वन्धमा पनि समस्या पर्ने भएकोले डा. झाले सोहि समय नेपाल भारत खुल्ला सीमा सम्वाद समूह गठन गरि समाजसेवा अर्को पाटोमा हामफाले । झाले उक्त संस्थामाफर्त सीमामा रहेका नेपाल भारत दुवै तर्फका जनतासंग सीमामा तारजाली लागेपछि को अवस्थाको विषयमा राय संकलन सुरु गरे । दुवै तर्फका जनताले तारजालीका कारण दुवै देशको पौराणीक सम्वन्धमा आघात पुरयाउने काम भइरहेको भन्दै दुवै तर्फबाट जनतालाई सरकारलाई दबाब दिन सुरु गरे तर त्यो समयमा कोरोनाको महामारी भएको कारण देखाउदै दुबै देशका सरकारले सीमा वन्द गरि आवत जावत नै बन्द गरिदिए ।
दुवै देशविच आवत जावत वन्द भएपछि त्यसलाई खुलाउनका लागि डा झालाई ठुलो चुनौतीको नै सामना गर्नुपरयो । क्लोथ बैंक माफर्त कोरोना प्रभावितहरुलाई सेवाका साथ साथै बन्द रहेको सीमा खुलाउनका लागि नेपाल भारतको विभिन्न ठाउमा अन्तरक्रियामूलक कार्यक्रमहरु जारी राखे,कोरोनाको महामारी प्रभावहिन बन्दै गएपछि नेपाल भारत खुला सीमा सम्वाद समुहको बढदो दबाबले भारतले आफनो सीमाबाट आवत जावतका लागि खुकुलो पारे ,त्यसपछि नेपाल सरकारले पनि आवत जावतलाई खुकुलो बनाए । सर्वसाधारणलाई आवत जावत खुकुलो बनाइएपनि सो समयमा सवारीसाधन चाहि प्रवेस निषेध गरिएको थियो । डा झाले यसका लागि पनि विभिन्न निकाय धाउनुका साथै अन्तरक्रिया कार्यक्रमलाई जारी राख्दै सवारी साधनलाई पनि आवत जावत गराउन महत्वपूर्ण योगदान दिए ।

अहिले राजेन्द्र महतो नेतृत्वको राष्टिय मुक्ती पार्टीका केन्द्रिय नेता रहेका डा राजिव झा समाजसेवाका संगै आफनो पढाईलाई जारी राखेका थिए । र उनी यसै वर्ष विद्यावारिधी गर्न पनि भ्याए । डा. राजिव झाको निरन्तरको समाज सेवा र नेपाल र भारतविचमा सोर्हाद कायम राख्नका लागि गरेको कार्यको मध्यनजर गर्दै भारतमा भरखरै सम्पन्न अन्तराष्टिय मैथिली सम्मेलनले मिथिलाको सबैभन्दा ठूलो सम्मान मिथिलारत्नबाट सम्मान गरेका छन् ।

राजीव झाले सम्मान ग्रहण गर्दै यो उपलब्धि आफ्नो परिवार, संस्थाका सम्पूर्ण पदाधिकारी र शुभचिन्तकहरूको सहयोगको परिणाम भएको बताए । साथै, उनले आगामी दिनमा अझ प्रभावकारी रूपमा समाजसेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।

 

Comment


Related News

Latest News

Trending News