२०८१ पुष १७, बुधबार ०७:५९

पर्सा प्रहरीले आँखा चिकित्सकमाथि दुव्र्यवहार आधा दर्जन युवकहरुलाई पक्राउ गरेको छ । पर्सागढी नगरपालिका–३ स्थित झबराहामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरुसंग दुव्र्यवहार गरेको आरोपमा युवकहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कित्सक टोलीले चर्को आवाज कम गर्न आग्रह गर्दा मदिरा सेवनले धुत भएका युवकहरुले दुव्र्यवहार गरेको थियो । उनीहरुको दुव्र्यवहारको उजुरी पर्सा प्रहरीमा दर्ता गराएपछि प्रहरीले युवाहरुलाई समातेर कारबाही गरी प्रक्रिया अघि बढाएको छ । युवकहरुको आक्रमणका कारण सिंगापुर निवासी ३५ वर्षीय विदेशी चिकित्सक वांग स्टिनको खुट्टामा सामान्य चोट लागेको छ ।

यस्तै अर्का नेपाली चिकित्सक नवीन सापकोटाको आँखा र गालामा चोट लागेको आंखा सिविर आयोजकद्वारा जनाइएको छ । घटनामा संलग्न वीरगञ्ज महानगरपालिका–१० का २४ वर्षीय अभिषेक गुप्ता, २७ वर्षीय सार्थक सर्राफ, २४ वर्षीय रोहित साह, २७ वर्षीय विजय रञ्जन, २९ वर्षीय सुमन श्रीवास्तव र २४ वर्षीय विधान कर्णलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ । पर्सागढीमा सञ्चालित आँखा शिविरको व्यवस्थापनमा खलल पु¥याउने यो घटनाप्रति स्थानीय प्रशासनले कडा ध्यान दिएको र दोषीमाथि कानुनबमोजिम कारबाही हुने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News