प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकबाट भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयक पारित भएको छ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक पारित गर्ने निर्णय गरेको हो।
समितिका सभापति रामहरि खतिवडाले सर्वसम्मतिले संशोधन विधेयक पारित भएको बताए।
संशोधन विधेयकमाथि छलफल गर्न नेपाली कांग्रेसका सांसद हृदयराम थानी नेतृत्वमा उपसमिति पनि बनेको थियो।
पारित भएको संशोधन विधेयक अब प्रतिनिधि सभा पुग्नेछ।