अपडेट 
२०८१ पुष १९, शुक्रबार १६:१८

पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीयतालाई मजबुत बनाउनका लागि संविधान संशोधन हुनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

मधेश प्रदेशबाट नेपाल पत्रकार महासङ्घको निर्वाचनमा केन्द्र, प्रदेश तथा जिल्लामा निर्वाचित भएका पत्रकारहरूको सम्मानमा जनकपुरधाममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले सङ्घीयतालाई मजबुत बनाउन प्रदेशमा निजामती कर्मचारी तथा प्रहरी चाँडो समायोजन हुनुपर्ने र त्यसका लागि पनि संविधान संशोधन हुनुपर्ने बताउनुभयो ।

संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका साथै गणतन्त्रलाई बलियो बनाउन नव निर्वाचित पत्रकार महासङ्घको नेतृत्वले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश भरिबाट नेपाल पत्रकार महासङ्घको निर्वाचनमा निर्वाचित नेपाल पत्रकार महासङ्घका सबै तहका पदाधिकारीहरूलाई नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादव, पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता रामकृष्ण यादव, मधेश प्रदेशका पूर्व मन्त्री एव प्रदेश सभाका सदस्य रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह र नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार सहितका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

Comment


Related News

Latest News

Trending News