अपडेट 
२०८१ पुष २०, शनिबार ०८:४१

चिसो बढेपछि जनकपुरधाम उपमहानगरपालिकास्थित विद्यालयमा जाडो बिदा दिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयले चिसो बढेपछि शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेसंगै १० दिनको बिदा दिएको जनाएको छ । शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले पुस १९ देखि २ ९ गतेसम्म जाडो बिदा दिने निर्णय भएको जानकारी दिए। वर्षे बिदाबाट कट्टा हुनेगरी जाडो बिदा दिइएको उनले जानकारी दिए । प्रमुख कर्णले अत्याधिक जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी उपमहानगरपालिका क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय भएको बताए ।

Comment


Related News

Latest News

Trending News