अपडेट 
२०८१ पुष २०, शनिबार ०८:४३

समाचार लेखेकै कारण वीरगञ्जका पत्रकार जियालाल साहलाई धम्की दिएको छ ।

प्रधानमन्त्रीबाट एमालेमा प्रवेश गरेका पर्साका प्रदीप जयसवाल र मधेश प्रदेशका मन्त्री प्रमोद जयसवालकाबारे ‘आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाइलाई ओलीबाटै एमालेमा भव्य स्वागत, मधेशका एमालेमा त्रास’ समाचारको विषयलाई लिएर जयसवाल बन्धुका आसेपासेले पत्रकार साहलाई फोन र सामाजिक सञ्जालमार्फत अभद्र व्यवहार गर्ने धम्की दिएका छन् । पत्रकार जियालाल साहको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै आफू एमाले कार्यकर्ता रहेको बताउँदै उनीहरुले यस्तो चेतावनी दिएका छन् । यता नेपाल पत्रकार महासंघ पर्साले जियालाल साहलाई धम्की दिनेमाथि कारबाही गर्न माग गरेको छ ।

Comment


Related News

Latest News

Trending News