अपडेट 
२०८१ पुष २०, शनिबार १६:०५

चीनसँगको भैँसीको मासु निर्यात सम्झौता खारेज गर्नुपर्ने भन्दै विभिन्न सङ्घसंस्थाले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न अहिंसावादी संघ, संस्था, शाकाहारी सङ्घ लगाए तले भैँसीको मासु निर्यात सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले आफू पनि बाचौँ र अरूलाई पनि बाच्न दिऔँ, मासु निर्यात सम्झौता खारेज गर्रौ, सम्पूर्ण प्राणीप्रति करुणा भाव राखौँ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले चीनसगको भैँसीको मासु निर्यात सम्झौता उचित नभएकाले यसलाई खारेज गर्नुपर्ने माग गरेका थिए ।

सम्पूर्ण प्राणिको जीवन रक्षाका लागि सरकारलाई ध्यानाकर्षण गराउन विरोध गरेको उनीहरूले बताएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगा-भैंसीको मासु निर्यात गर्ने विषयमा सम्झौता भएको भएको थियो ।

सरकारले भने नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा उक्त सम्झौता महत्त्वपूर्ण हुने बताउँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News