अपडेट 
२०८१ पुष २०, शनिबार १६:१५

मधेसी दलका नेताहरूले मधेसी दलको बिचमा एकता वा सहकार्य गर्नुभन्दा पहिले विगतको समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा मधेस दल बिच एकताको आवश्यकता बारे छलफल भएको हो ।

कार्यक्रममा बोल्ने अधिकांश नेताले सहकार्य तथा एकताको आवश्यकता रहे पनि विगतमा भएको यस्तो मोर्चा र पार्टी एकता किन भङ्ग भयो भन्ने बारेमा समीक्षा हुनुपर्ने कुरामा जोड दिएका हुन् ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले विगतमा भएको मोर्चा एकताको बारेमा समीक्षा हुन आवश्यक रहेको बताए । उनले दलहरूको बिचमा एकता हुनु आवश्यक रहे पनि नेतृत्व परिवर्तन गरेर मात्र एकता र गठबन्धन हुने कुरा उल्लेख गरे ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष मनिष सुमनले मधेसी दलको बिच एकता सम्भव नभए पनि लुज एलायन्स बनाउनुपर्ने कुरामा जोड दिए । ‘विगतमा बनेका मोर्चाहरू किन चलेन किन टिकेन त्यसको बारेमा समीक्षा हुँदै गर्छ तर त्यस अघि एउटा लुज एलायन्स बनाएर छलफललाई अगाडि बढाउनु पर्छ,’ उनले भने ।

त्यो लुज एलायनसका लागि सञ्चालन विधि पनि बनाउनु पर्ने उनले बताए । उनले भने, ‘एलायन्सको एउटा मापदण्ड बनाउनु पर्छ । एक अर्कालाई विरोध गर्नुहुँदैन, कतै कुरा गर्दा एउटै धारणा राख्नु पर्छ । कसैको बारेमा विष बमन नगरौँ ।”

लोकतान्त्रिक समाजवादी पार्टीको महासचिव डा.सुरेन्द्र झाले सुरेन्द्र झाले एकता र मोर्चाको लागि केही अध्ययन गर्न आवश्यक रहेको बताए । उनले भने, ‘एउटा आन्दोलनका कति ब्याज खाने ? एकपटक समीक्षा गरौँ ।”

जनता प्रगतिशील पार्टीका उपाध्यक्ष डा. शिवजी यादवले पनि मधेसी दलहरूबिच एकता सम्भव नभएको स्पष्ट पारे ।

जनमत पार्टीको प्रवक्ता डा. शरतसिह यादवले मोर्चा र एकता पहिला पनि भएकाले फेरि त्यही मोर्चा बनाउनु भन्दा पहिले यसको आवश्यकताको बारेमा छलफल हुनुपर्ने कुरामा जोड दिए । उनले भने,  ‘कुनै दललाई बचाउन मोर्चा वा गठबन्धन बन्नुहुँदैन ।’

जनता प्रगतिशील पार्टीका उपाध्यक्ष डा. शिवजी यादवले पनि मधेसी दलहरूबिच एकता सम्भव नभएको स्पष्ट पारे । यद्यपि एउटा मोर्चा वा गठबन्धन बनाएर जान सकिने उनको भनाई थियो ।

यसअघि भएका एकता किन टिकेन भन्ने बारे समीक्षा हुन आवश्यक रहेको उनले बताए । उनले भने, ‘यहाँ अस्तित्वको लडाइँ छ । पहिचानको लडाइँ छ । त्यसका लागि सहकार्य गर्न आवश्यक छ । यसका लागि पहल हुनुपर्छ ।’

राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले मधेसको राजनीतिमा एकपटक गहिरो अध्ययन, अनुसन्धान आवश्यक रहेको बताए । उनले भने, ‘पहिला पनि मोर्चा र पार्टी एकता भएकै थिए । तर किन विभाजन भयो ? कारणको पत्ता लगाउन जरुरी छ ।’

राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता अनिल महासेठले मधेसी दलबिच एकता वा सहकार्य हुनुपर्छ तर यसका लागि विगतको समीक्षा हुन आवश्य रहेको दोहोर्‍याए ।

मधेसमा भावनात्मक कुरा बढी हुने गरेको उल्लेख गर्दै उनले वैचारिक कुरा समाप्त भएपछि मान्छे भावना र व्यवहारिक कुरा गर्न थाल्छन् त्यसैले मधेसमा विचार निर्माण आवश्यक रहेको बताए ।

तराई मधेस लोकतान्त्रिक पार्टीका नेता उमेश मण्डलले मधेसको राजनीति गर्नु छ भने मधेसमा जानुपर्नेमा जोड दिए । मधेसमा पुस्तान्तरण हुनु आवश्यक रहेको बताउँदै उनले मधेसमा एकताको आवश्यकता औँल्याए ।

सोही पार्टीका अर्का नेता सुभाष कर्णले मधेसमा युवा पुस्तालाई अगाडि ल्याउनु पर्ने जिकिर गरे । उनले पार्टीमा चुनाव नगराएर मनोनीत गर्ने परम्परा भएका कारण युवाहरु बोल्न छाडेको बताए ।

उनले मधेसमा मधेसी दलको मतलाई बढाउनतिर सबैले ध्यान दिनु पर्ने बताए । ‘मधेसले जहिले पनि ११-१२ प्रतिशत भन्दा बढी मत ल्याइरहेका छैनौँ । त्यसमा ध्यान दिन जरुरी छ,’ उनले स्मरण गराए।

राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता अनिल महासेठले मधेसी दलबिच एकता वा सहकार्य हुनुपर्छ तर यसका लागि विगतको समीक्षा हुन आवश्य रहेको दोहोर्‍याए ।

Comment


Related News

Latest News

Trending News