अपडेट 
२०८१ पुष २१, आईतवार ०७:३०

नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले देशको सबैभन्दा ठूलो रोजगार दिने यातायात क्षेत्रलाई भरपर्दो र विश्वासिलो बनाउनुपर्नेमा जोड दिएका छन् ।

माँ जानकी यातायात प्रालि जनकपुरधामको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको शनिवार जनकपुरधाममा उदघाटनगर्दै नेता निधिले यातायात क्षेत्रका मजदुर हरूको हक र अधिकार संरक्षणका लागि आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । विगतमा आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा कार्य गर्दै गर्दा विभिन्न उल्लेखनीय योगदान र यातायात सुधारका महत्वपूर्ण निर्णयहरू गरेको स्मरणगर्दै यातायात व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र सर्वसुलभ बनाउनका लागि भएका सुधारका कारणले यातायात प्रणालीलाई सबल बनेको बताए ।

जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको बसपार्क निर्माणका लागि हरसम्भव सहयोग र प्रयास जारी राख्ने प्रतिबद्धतागर्दै देशको समृद्धिको यात्रामा सार्वजनिक क्षेत्रका बस व्यवसायीको ठूलो योगदान रहेको स्पष्ट गरे । माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा यातायात व्यवसायी र यातायात मजदुर हरुको समस्या समधान गर्न सरकार सकारात्मक हुनुपर्ने माग गरेका थिए ।

Comment


Related News

Latest News

Trending News