स–सानो कुरामा आवेशमा आइ विवाद , झै.झगडा गर्ने अवस्थाले बर्वाद हुने स्थिति उत्पन्न भएको जनाइएको छ ।
तत्काल रिस थाम्न नसकेर हत्यासम्मको मनोवृत्ति देखा पर्दे जानु समाजका लागि ठूलो रोगझैं भएको पाइएको छ । स्थानीय तहमा नागरिकहरुको बीचमा हुने झै. झगडा तथा वादविवाद समाधान गर्न नैतिकवान मधेश तथा सशक्त नैतिक शिक्षा कार्यक्रम अन्तर्गत वादविवाद सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उक्त अवस्थाबारे जानकारी गराइएको छ ।
छिमेकी–छिमेकीबीचको झगडा, विवाद समाधान, उजुरी सन्दर्भमा प्रहरी र नेता, अभियन्ता समक्ष मेलाको स्थिति रहेको तथ्यगत जानकारी दिइएको छ । मधेशी आयोग र जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा आयोजित कार्यक्रममा प्रहरी समक्ष विवाद समाधानका लागि नेतादेखि अभियन्ताको आग्रह, नेतृत्वकर्ताहरुको टेलिफोन, झगडियाको चापलले अन्य काम सम्पादन गर्नमासमेत समस्या भएको बताइएको छ।
श्रीमान–श्रीमती, सासु–बुहारी, दाजुभाइ, बुबाछोराबीचको विवादले समाज अन्ध्यारोतर्फ लम्कि रहेको सूचक भएको पनि जनाइयो । धनुषा जिल्ला अदालतका जिल्ला न्यायाधीश चुरामन खडकाले द्वन्द्व र विवादको सही व्यवस्थापन हुन नसक्दा झगडिया, विवाद गर्नेको चाप यत्रतत्र देखिएको र विवाद, तनावरहित समाज सिर्जना हुन नसकेको बताए ।
पीडा, कुण्ठा पालेर राख्ने मनोविज्ञानले गर्दा पनि संस्कारी परिवार, समाजको अभाव बोघ भइरहेको चर्चा गर्दे उनले जरैलेखि निमिट्यान पार्न अनुभव, सीप, कौशलताको प्रयोग विवेकसम्मत किसिमले गर्नु आवश्यक रहेको प्रसंग उनले उल्लेख गरे । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख भुवनेश्वर तिवारीले औपचारिकभन्दा अनौपचारिक प्रक्रियाले विवाद समाधान गर्दाृ दुबै पक्षको जित हुने तथ्यलाई सबै पक्षले मनन गर्नु जरुरी रहेको बताए ।
प्रहरी, पालिकामा लाग्ने भीडलाई घटाउन गलत सञ्चार र गलत तत्वलाई निरुत्साहित गरिएमा सांस्कृतिक तथा सामाजिक सौहार्दता कायममा टेवा पु¥याउन सक्ने वातावरण सिर्जना हुन सक्ने धारणा राखे । जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डल नैतिक शिक्षाको पठनपाठन बन्द गरिएदेखि अनैतिकताले प्रश्रय पाएको चर्चा गर्दे हरेक विद्यालयमा नैतिक शिक्षाको पढाइलाई अनिवार्य गर्नु आवश्यक रहेको बताए ।
अज्ञानताका कारण समाज , परिवारमा विवादको वृद्धि भएको बताउँदै उनले २०२८ सालमा नयाँ शिक्ष लागु गरी नैतिक शिक्षालाई धराशायी बनाएको तथ्य जानकारी गराए । आयोगका अध्यक्ष डा. विजय दत्तले मधेशी समुदायको हरेक निकायमा पहुँच , क्षमतावान बनाउने गतिविधि सञ्चालन गर्न आयोग क्रियाशील रहेको बताए । आयोगका सदस्य जीवछ साहले विकृति, विसंगति, कुलत ,असमाजिकताको अन्त्य गर्न सबैको अग्रसरताको खाँचो औल्याउनु भयो ।