अपडेट 
२०८१ पुष २१, आईतवार ०७:४६

सर्वोच्च अदालत बार एशाेसिएसनकाे अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित हुनुभएको छ । अध्यक्षका लागि भएको चुनावमा पोखरेलले तीन सय ६८ तथा उहाँका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता महेश थापाले एक सय ८१ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा अम्बरबहादुर राउत, सचिवमा रमणकुमार कर्ण, सहसचिवमा पुनदेवी महर्जन, कोषाध्यक्षमा रामचन्द्र पौडेल र महिला सदस्यमा शशि बस्नेत विजयी हुनुभएको छ । खुल्ला सदस्यमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, पुरुषोत्तम लोहनी, प्रदीपकुमार राजवंशी र सतिशराज मैनाली विजयी हुनुभएको छ ।

कुल छ सय २६ मतदाता रहेको बारको नयाँ नेतृत्व चयनका लागि हिजो चुनाव भएको हो । सदस्य मैनालीबाहेक अरू सबै लोकतान्त्रिक समूहबाट निर्वाचित हुनुभएको छ । मैनाली प्रगतिशिल समूहको हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News