सुनको भाउ तोलामा एक हजार पाँच सय रुपैयाँले घटेको छ ।
शुक्रवारको तुलनामा एक हजार पाँच सय रुपैयाँले घटेर आज तोलाको एक लाख ५२ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी आज शुक्रवारको जस्तै तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशतले बढेको छ । यो वार्षिक वृद्धि सन् २०१० यताको सबैभन्दा धेरै रहेको लगानीसम्बन्धी अन्तराष्ट्रिय संचारमाध्ययम इन्भेस्टिङ डटकमले जनाएको छ ।