मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले जनकपुरधाममा निर्माण हुन लागेको अन्तराष्ट्रि बहुउद्येश्यि रंगशालाका लागि प्रदेश सरकारले १ अर्ब रुपैयाँ दिने बताउनुभएको छ ।
जनकपुरधाममा आईतबारदेखि सुरु भएको जय ट्रफी (एलिट कप)को उद्घाटन समारोहमा मुख्यमन्त्री सिंहले रंगशालाको डिपिआर तयारको काम लगभग सम्पन्न भइसकेको जानकारी दिए । उनले डिपिआर तयार गर्न केहि प्राविधिक समस्याहरु समाधान भइसकेको र अबको केहि दिन भित्रै डिपिआर तयार भइसक्ने बताए । मुख्यमन्त्री सिंहले भोली २२ गत्ते राष्ट्रिय परिषद र गुठी संस्थाबीच रंगशालाको जमिनका लागि मधेश प्रदेश सरकारसंग सम्झौता हुन लागेको समेत जानकारी दिए । त्यसपछि दुई वा तीनदिन भित्र बस्ने क्याबिनेटको बैठकबाट निर्णय गरेर केन्द्रसंग अनुमति लिने प्रक्रिया बढाइने उनले जनाए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदि जनकपुरधाम आउँदा घोषणा गरेका १ अर्ब रुपैया अनुदान यसै रंगशाला निर्माणमा खर्च गर्ने र प्रदेश सरकारले आफ्नो बजेटमार्फत थप १ अर्ब रुपैयाँ रंगशालाका लागि दिने मुख्यमन्त्री सिंहले जानकारी दिए ।
मुख्यमन्त्री सिंहले मधेश प्रदेशका युवाहरुलाई कुनै न कुनै खेलमा आवद्ध हुन आग्रह गरे । खेलकुदको विकासमा मधेश प्रदेश सरकार सधैं सकारात्मक रहेको र आगामि दिनहरुमा झन बढि लगानि गर्ने सोच बनाएको बताए ।
नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गर्दैछन ् । क्यानका सचिव पारस खडकाले नेपाली क्रिकेटलाई थप मजबुत बनाउनका लागि रेड बल क्रिकेट आवश्यक रहेकाले यो प्रतियोगिताको आयोजना गरिएको बताए । प्रधानमन्त्री कपमा शिर्षका ४ टोलीलाई समावेश गरेर यो प्रतियोगिताको आयोजना गरिएपनि पूर्वाधारहरु देशको विभिन्न स्थानमा तयार भएपछि यो प्रतियोगितलाई थप विस्तारित बनाइने खडकाले बताए । पूर्वाधार तथा आयश्रोतको अभावका कारण कम टिमलाई मात्रै राखेर यो प्रतियोगिताको आयोजना गरिएको बताउँदै खडकाले तिनवटै तहका सरकारलाई खेल मैदान निर्माणमा ध्यान पुर्याउन आग्रह गरे ।
प्रतियोगिताको उद्घाटन खेल जनकपुरधाममा मधेस प्रदेश र बागमती प्रदेशबिच भइरहेको छ ।