मधेश विश्वविद्यालय वीरगञ्जमा भएको अनियमितताको छानबिन गर्न मुख्यमन्त्री सतीश कुमार सिंहले छानबिन गर्ने बताइरहेकै बेला फरक प्रकृतिको युवती काण्ड सार्वजनिक भएको छ ।
विश्वविद्यालयका रजिष्ट्रार विजय यादवको एकजना युवतीसितको अन्तरंग तस्बीर बाहिरिएको छ ।विश्वविद्यालयमा कर्मचारी रहेको बताइएको युवती र रजिष्ट्रारकी पत्नीबीच भएको इलेक्ट्रोनिक संवाद (च्याट) जनकपुर टुडेलाई प्राप्त भएको छ । च्याटमा युवतीले महिलालाई पति अब कुनै हालतमा नफर्किने धम्की दिएकी छन् ।
उनले अनेक प्रकारको धम्कीदिदै आफ् नो सम्बन्धबारे ठोकुवा गरेकी छन् ।युवतीको नियुक्ति पनि गैरकानुनी रुपमा नै भएको बताइन्छ ।राजनीतिक परिवारसित जोडिएकी युवतीको नियुक्ति भएदेखि नै रजिष्ट्रारले अवैध सम्बन्ध बनाएको स्रोतहरुले जनाएका छन् ।
दुबैबीचको सम्बन्ध विश्वविद्यालयमा चर्चाको विषय बनेको छ ।केही कर्मचारीहरुले विश्वविद्यालयको वातावरण दूषित बनेको बताएका छन् ।कर्मचारी र रजिष्ट्रारबीचको सम्बन्धले विश्वविद्यालयको पवित्रतालाई धुमिल्याएको उनीहरुको कथन छ । उपकुलपति डा.दीपक शाक्यले आफ्नै वीरगञ्ज कलेजमा कार्यरत यादवलाई रजिष्ट्रारमा नियुक्त गराएका थिए ।
विश्वविद्यालयमा उपकुलपति शाक्य र रजिष्ट्रार एउटा संस्थासित आबद्ध भएकाले अनेकौ अनियमिततालाई ढाकछोप गरिएको आरोप लाग्दै आएको छ । घरमा श्रीमती सहितको परिवार रहेको बेला अविवाहित युवतीसितको ‘रिलेशनसिप’ले रजिष्ट्रारको पारिवारिक स्थिति तनावपूर्ण बनेको छ ।
च्याटमा युवती र रजिष्ट्रारकी पत्नीबीचको संवादले पनि त्यसको पुष्टि गरेको छ ।युवतीले रजिष्ट्रारकी पत्नीलाई अब पद पनि जाने र उहाँ(रजिष्ट्रार)पनि नपाउने धम्की दिएकी छन् ।पटक पटक भएको संवादमा उनीहरुबीच अत्यधिक तनावको अवस्था सृजना भएको देखिन्छ । यस सम्बन्धमा उपकुलपति डा.शाक्यसित सम्पर्क हुन सकेन् ।
रजिष्ट्रारको मोबाइल नम्बरमा सम्पर्कगर्दा उनी स्वयंले रिसिभ गरे पनि म दाई बोलेको भन्दै प्रतिकृया दिन चाहेनन् । शाक्य र यादवलाई मधेश प्रदेशको तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले क्रमशःभीसी र रजिष्ट्रारमा नियुक्ति गरेका थिए । शाक्य र यादव नियुक्त भए पनि बिना सूचना नेताका आफ्न्तहरुलाई भर्ना गरिएको थियो ।
चर्चामा आएकी युवतीलाई पनि सोही बखत भर्ना गरिएको बताइएको छ । युवतीले आफूसित रजिष्ट्रारको ५० औं भीडीयो र फोटोहरु रहेको च्याटमा खुलाएकी छन् ।रजिष्ट्रार र युवतीबीच उमेरको धेरै फरक रहेको फोटोबाट बुझिन्छ ।जनकपुर टुडेलाई प्राप्त फोटोमा रजिष्ट्रार र युवती होटेल, नदी लगायतका स्थानहरुमा पुगेको देखिन्छ ।
उपकुलपति र रजिष्ट्रारबीच मधुर सम्बन्ध रहेकाले विश्वविद्यालयमा भइरहेको अबाञ्छित कृयाकलापबारे कर्मचारीहरुले मुख खोल्न सकिरहेका छैनन् ।करारमा कार्यरत कर्मचारीहरुले मुख खोले हटाइदिने सम्मको धम्की दिएको बताइन्छ ।विश्वविद्यालयमा युवतीको चुरीफुरी बढेको छ । उपकुलपति डा.शाक्यले गरेको अनियमितता सम्बन्धमा छानबिन गरिने मुख्यमन्त्री सिंहले बताए पनि त्यसको प्रकृया भने अगाडि बढेको छैन् ।
उपकुलपति डा. शाक्यले बाल संगठन पर्साको सदस्य भएको बेला आफ्नै छोरा संकल्प शाक्यको नाममा आदर्शनगरको १२ कठ्ठा जग्गा २७ वर्षको लागि लिज गैरकानुनी रुपमा लिएको छानबिन केन्द्रीय बाल संगठनले गरिरहेको छ । शाक्यले बालसंगठनलाई लिज वापतको रकम समेत नतिरेको केन्द्रीय कार्यालयले जनाएको छ ।
मधेश विश्वविद्यालयमा भीसी शाक्य र रजिष्ट्रार यादवको नियुक्ति अवैध रहेको आरोप लाग्दै आएको छ ।आमनिर्वाचनको आचार संहिता जारी भइसकेको बेला पछिल्लो मितिले शाक्य र यादवको नियुक्ति गरिएको थियो ।त्यस सम्बन्धी फाइलहरु समेत शिक्षा मन्त्रालयमा उपलब्ध नरहेको मन्त्रालय सम्बद्ध स्रोतले जनाएका छन् ।
मधेश विश्वविद्यालयमा भएको अनियमितता र पदाधिकारी, कर्मचारी बहालीमा भएको अनियमितता सम्बन्धमा समाचारहरु सार्वज्निक हुन थालेपछि मुख्यमन्त्री सिंहले छानविन गर्ने जनाएका छन् । विश्वविद्यालयको बजेटमा शाक्य र यादवले मनपरी गरिरहेका छन् ।विश्वविद्यालयको बजेटमा उनीहरुले वीरगञ्ज क्याम्पसको प्रबद्र्धन गरिरहेको आरोप लाग्दै आएको छ ।
चालु आर्थिक वर्षमा सरकारले विश्वविद्यालयको लागि १० लाख मात्र बजेट बिनियोजन गरे पनि आर्थिक चलखेल गरी सभा भने सम्पन्न गरिएको छ । प्रदेश सरकारको गौरवको योजना मध्येको मधेश विश्वविद्यालयलाई भीसी शाक्य र रजिष्ट्रार यादवले अनेक प्रकारले धराशायी बनाउन लागिपरेको स्थानीय बासिन्दाहरु बताउँछन् । विश्वविद्यालयका लागि हाल सम्म आफ्नो जग्गा समेत खोजिएको छैन् ।
बाल संगठनको लिजमा लिएको जग्गा नै फिर्ता गरी विश्वविद्यालयको भवनका लागि उपलब्ध गराइदिए हुनेमा शाक्यले उल्टै हरेक किसिमले विश्वविद्यालयलाई हानी पु¥याएको आवाज उठन थालेको छ ।