अपडेट 
२०८१ पुष २२, सोमबार १२:५२

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश केन्द्रित दलहरूसँग सहकार्यको पहल गर्न दुई सदस्यीय कार्यदल बनाएको छ ।

आइतबार बसेको सचिवालय बैठकले मधेश केन्द्रित दलहरूबीच सहकार्यको पहल गर्न उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा कार्यदल गठन गरेको केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले बताए ।

उनका अनुसार कार्यदलमा प्रवक्ता डा. शरदसिंह यादव सदस्य छन् । पछिल्लो समय विभाजित मधेश केन्द्रित दलहरू मोर्चा र सहकार्यको प्रयासमा छन् ।

जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायतका दलहरूसँग सहकार्य थालनी गर्न अभियान नै चलाएको बेलामा जनमतले पनि वार्ता समिति बनाएको हो ।

मधेश केन्द्रित दलहरूबीच सहकार्यको प्रयास चलिरहेको बेलामा डा. सीके राउत नेतृत्वको जनमत र रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकताको तहसम्म जानेगरी छलफल चलिरहेको चर्चा छ ।

Comment


Related News

Latest News

Trending News