अपडेट 
२०८१ पुष २३, मंगलवार ०८:५५

विवाह अगावै बच्चा जन्माएकी सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ हाटीकी १५ वर्षीया किशोरी विच्चलीमा परेकी छन ।

छिमेकी एक युवासंग प्रेममा परेकी नाम परिवर्तन गरिएको मण्डल गर्भवती भएपछि प्रेमी नै फरार भएका कारण विचल्लीमा परेकी हुन । विहेको प्रलोभन देखाई छिमेकी २२ वर्षिय प्रमोद कुमार मण्डलले पटक/पटक शारीरिक सम्बन्ध कायम गरी गर्भवती बनाएर फरार भएपछि उनी न्याय खोज्दै बुवा आमा सहित सदरमुकाम राजविराज आईपुगेका हुन ।

एक वर्ष पुरानो घटनाको जिल्लामा कतै कुनै सुनुवाई नभएपछि न्याय खोज्दै राजविराज आईपुगेका मण्डल परिवारले पत्रकार सम्मेलनको आयोजना गरी संवैसँग न्यायको अपिल गरेका छन् । गर्भ नफालेकी मण्डललाई अब बच्चालाई कसरी हुर्काउने भन्ने चिन्ताले थप पीडा दिएको छ । उनले स्थानीय प्रमोदले आफुलाई गर्भवती बनाएर फरार भएको बताएकी छन् ।

सुरुमा विहे गर्छु भन्दै शारीरिक सम्बन्ध बनाएको तर पछि गएर गर्भ वसेपछि प्रमोद अचानक सम्पर्क विहीन भएको उनको भनाई छ । घटना सार्वजनिक भएपछि गाउँमा पटक/पटक समाजका अगुवाले दबाब बनाएर फरार केटाका आमा बुआलाई घरमा राख्न लगाएको तर १५ दिन नबित्दै छोरीलाई घर निकाला गरिदिएको पत्रकार सम्मेलनमा आमा शियावतीले बताइन् ।

बुवा जगतका अनुसार सुरुमा प्रमोदलाई बाहिर पठाई लुकाइएको र त्यसपछि उनका परिवारले छोरीलाई ३/४ लाख रुपैया दिने सम्मको प्रलोभन दिदै गर्भ फाल्न दबाब दिने प्रयास गरेको बताए । तर छोरीले विवाह गर्ने बाचा गरेका कारण गर्भ नफाल्ने र प्रमोद संगै विहे गर्ने अडान राखेका कारण घर निकालामा परेको बुवा जगतले सुनाए ।

मण्डलको घरमा कमाउने कोही छैन । गरिब परिवारकी मण्डल प्रमोद कै घरमा भाडावर्तन माझ्ने (नोकरानी) को काम गर्थिन । सोही वेला प्रमोदले विहेको प्रलोभन देखाई पटक पटक शारीरिक सम्बन्ध कायम गरेको पीडितले सुनाईन । प्रेमको नाममा धोखा दिने प्रमोद माथि उनी छिन्नमस्ता प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयमा २०८० माघ ३ गते जाहेरी समेत दिइसकेकी छन् । तर प्रहरीले अहिले सम्म प्रमोदलाई पक्राउ गर्न सकेका छैन । स्थानीयका अनुसार प्रमोद लामो समय देखि गाउमा देखिएका छैनन् ।

पीडित मण्डल तथा उनका आमा बुवाले प्रमोदलाई पक्राउ गरेर कारवाही गर्नु भन्दा पनि उनी संगै सुरक्षित साथ श्रीमान श्रीमतीको रुपमा वस्ने वातावरण बनाई दिनु पर्ने माग गरेका छन् । पत्रकार सम्मेलनमा मण्डलकी बृद्ध आमा बुवाले छोरीले न्याय न पाए पुरै परिवार आत्मदाह गर्न बाध्य हुने जनाएका छन् । यसबारे प्रमोद र उनका परिवार संग सम्पर्कको प्रयास गर्दा प्रमोदको स्विच अफ पाइयो भने परिवारजन सम्पर्कमा आउन चाहेनन ।

यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले पीडित मण्डललाई गर्भवती बनाएर फरार रहेका प्रमोद उपर २०८० साल मै जबरजस्ती करणी मुद्दा दर्ता गरी कारवाही प्रकृया अघि बढाएको बताए । फरार प्रतिवादी सूचीमा रहेका प्रमोदको खोजी कार्य जारी छ, उनले भने–पीडितलाई न्याय दिलाउन प्रमोदको खोज तलास कार्य ब्यापक बनाइएको छ ।

Comment


Related News