डा. अखिलेश झा एक अभियन्ता , सुचिन्तक , अध्येताका रुपमा सुपरिचित एवम् साहित्यको व्यंग्य विधााभित्र झुल्की संयमित स्वरमा सुसेल्ने युगजन्मा स्रष्टा हुन् । उनको सिर्जन सौरभ र मनोलीला अनुगम्य छ । नैसर्गिक सिर्जना र हार्दिकताबाट सुसम्पन्न डा. झाको गुरुघंटाल नामक व्यंग्य श्रृंखला संचेतनाको बीउ उमाल्न सहायक बनेको देखिन्छ । कृतिमा समाज चित्रण तथा भूतकालीन आदर्श र वतमानको यथार्थ , भाषा , सभ्यता , राजनीतिक मनोग्रन्थि र बेथितिमाथि अधोर व्यंग्य छ । सामाजिक असमानता र मैथिली भाषाप्रतिको उपेक्षाबाट क्षुब्ध सर्जक झाले विकृति , विसंगति , हीन मनोवृत्ति भएकाहरुको कुनाकाप्चा चहार्दे ,भावगत तत्वलाई छामेर प्रकट गरेका छन् ।
निजत्वलाई स्वीकार नगरी द्वेध एवं मातृभाषा मैथिलीप्रति ह्रदयहीन हुनेलाई लक्षित गर्दे उनी यसरी व्यंग्य गर्छन – आफ्नो भाषाको प्रसंगलाई अतिवादी ठान्छन्, अर्काको भाषाप्रति नतमस्तक हुँदै वीरता र बुद्धिमत्ताको प्रतीक ठान्छन् । भाषा मानव जीवनका लागि अत्यन्तै महत्वपूर्ण उपहार हो ।
सम्पूर्ण जीवमध्ये यो मानवमात्रको एक विशिष्ट प्राप्तिका साथै सम्पदा पनि हो । भाषाशास्त्रीहरुका अनुसार कुनै पनि व्यक्तिले बोल्ने भाषा र अवलम्वन गर्ने संस्कृतिसंग उसको पहिचानलाई तादात्म राख्दछ । व्यक्तिको भाषाले समाजिक एवं सांस्कृतिक पहिचानलाई परिभाषित गर्ने भएकाले भाषालाई पनि एक ध्वनि वा संकेतद्वारा व्यक्त गरिने संस्कृतिकै रुपमा लिने गरिन्छ ।
गुरुघंटाल व्यंग्य श्रृंखलामा चेला , गुरु, सुधीर,बलराम, मुखियाजी ,रामेश्वरजी , सोहनजी , कमला , रधिया मायमार्फत मैथिली भाषा , संस्कृति, सभ्यताप्रति राजनीतिकमीर्को सरकारी दृष्टिकोण , आन्दोलन ,अल्छीपन , मपाइृ, अहंकार ,षडयन्त्र ,लडाई, रिस ,रागलाई“मिथिलाके लेल मैथिल घातक , अन्तरात्माके पहिने मुडी मचोडि दे नहि त कहियो आगू नहि बढबिही , नोक्सान बाहर बला सँ बेसी भीतर प्रभावी होइत छैक ” जस्ता शब्दले संघात गरिएको छ ।
मैथिल,मैथिली भाषीको अधिकार ,जागरणको प्रसंगलाई जातीयताको रुप दिइ विखण्डन , मनोमालिन्य एवं स्रष्टाप्रतिको बक्र चिन्तनलाई व्यंग्य वाण गर्दे गुरुघंटाल श्रृंखलामा भाषा र क्षेत्रको अधिकारको प्रसंग बारे सर्जक डा. झा यस किसिमको संवाद गर्छन – भाषा र क्षेत्रलाई अािधकार चाहियो भने मैथिलीमा लेखन गर , साहित्यकार , गजलकार …… आदिका रुपमा परिचय हुन थालेमा अवसर पाउँदै पिठयुँमा छुरी प्रहार गरिदिनु पर्छ । मातृभाषाको मूल्य मानवीय संवेदनासँग जोडिएको हुन्छ ।
यदि कसैले कसैको भावना या संवेदनालाई उसको मातृभाषाको अपमान गरेर गर्छ भने त्यसको प्रभाव व्यक्ति , परिवार र समाजमा नराम्रो पर्छ । यसबाट गोसामाजिक सन्तुलन , सामञ्जस्य र सामाजिक समरसता बिग्रने सम्भावना हुन्छ । मातृभाषाबाट ै संस्कृतिको निर्माण हुने भएका कारण मातृभाषालाई संस्कृतिको गिदी मानिएको छ ।
मान्छे अन्याय, अकर्मण्यता , मुर्दा शून्यता , समयको विद्रुपताप्रति असहमत हुँदै विद्रोह गर्ने जात हो । त्यसैले स्वभाविक रुपमा जिन्दावाद मुर्दावादका नाराहरु घन्किन्छन् । न्याय र अन्याय , सत्य र असत्य बीचका युद्धहरुमा पनि यही दृश्य देखिन्छ । आत्मपराजितहरु, सत्ता र शक्तिका पछि लागेका आजका स्वार्थी , निच, पातकी तर शक्तिका आसनमा रहेकाहरुले मैथिलीमा अध्ययन गर्नेहरुप्रति राख्ने दुराग्रहको विरुद्ध चेला , रधिया माय ,कमला जस्ता पात्रको भनाइ “ हमर मातृभाषा मैथिली अछि , किनको कहलासँ अपन माय नहि छोडि सकैत छियै , तहिना अपन मातृभाषाओ नहि ” ले भाषिक संचेतनालाई सर्जक डा. झाले केन्द्रबिन्दु बनाउनुका साथै भीआइपी र एलआइपी आउरेबाउरे धुपौरे मनोविज्ञानको चिरफार गरेका छन् ।
पच्चीस वटा आख्यानमा मिथिला , मैथिलीप्रति समस्या उजागर गरी सर्जकको भाषिक अधिकार , भविष्य , रोजगार , सभ्यता , संस्कृतिको मोह , चिन्ता , संवेग चमत्कृत प्रवाह र मूर्त प्रतिभा अभूतपूर्व अनुभूति हुन्छ । संसार विचित्र छ त्यसैले शेक्सपियरले यसलाई नाट्यशाला भनेको हुनुपर्छ । यहाँ बुद्ध र ईसा मात्र जन्मेनन् ।
माक्र्स र गान्धी मात्र छैनन् गान्धीका हत्यारा नाथुराम गोत्से पनि जन्मे । बहुला विचार र परपीडक सोचहरु कहिल्यै स्थायी हुँदैनन् । प्रजातन्त्र सबैभन्दा उत्तम व्यवस्था भए पनि यसको दुरुपयोग गर्नेको संख्या पनि चुनौतीको विषय बनेको छ , एउटा मजदुर र सर्वसाधारणलाई पुलिस स्टेशनमा , अस्पतालमा , अदालतमा पाउने मान र नेता , अधिकारी , पैसाबलाले पाउने मानको ह्रदय मनलाई स्पर्श गरेको छ ।
मैथिलको समस्याको निवारण मैथिलबाटै संभव छ , समस्याप्रति गम्भीर भएमा निवारण टाढा छैन आशावादी , जीवनवादी स्वर कृतिमा उल्लेखनीय छ ।यसलाई टेवा पु¥याउन रामेश्वरजी मार्फत सर्जक डा. झाले यसरी उद् बोधन गरेका छन – हीन भावनामाथि विजय गर्नुछ , नकारात्मक तत्वलाई त्याग गर्नुपर्छ , अब मिथिलालाई स्मार्ट सिटी भन्दा पनि महत्वपूर्ण स्मार्ट गाउँको खाँचो छ , मैथिलको हरेक जाति , धर्ममा प्रतिभा छन् मात्र प्रोत्साहन चाहिएको छ ।