२०८१ पुष २४, बुधबार ११:२४

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

लगातार दुई दिन अर्थात् सोमबार र मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।  मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comment

Related News