अपडेट 
२०८१ पुष २५, बिहीबार ०७:३६

सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहको कार्य शैलीप्रति सत्ता घटक दलमा नै असन्तुष्टिको स्वर तीव्र हुँदै गएको छ । सत्ता घटक मध्ये नेपाली कांग्रेस र लोसपाका नेताहरु सार्वजनिक रुपमै मुख्यमन्त्रीको कार्यप्रतिको असन्तुष्टिलाई तीव्रता दिएका छन् । बेलाबखत नेपाली कांग्रेसका नेताहरुले सरकारको प्रतिवद्धताको कार्यान्वयन बारे प्रश्न गरी संवाद गरे पनि मुख्यमन्त्री सिंह त्यसप्रति गम्भीर नहुँदा सत्ता घटक दलमा असन्तुष्टिको क्रम बढ्दै गएको छ ।

मुख्यमन्त्री सिंह नेपाली कांग्रेस र लोसपासँगको वचनवद्धता कार्यान्वयनमा चासो नराख्ने तर सत्ता घटककै दल नेकपा एमालेका नेताका भनाइलाई आत्मसात गर्दे जाँदा नेपाली कांग्रेस र लोसपाले मुख्यमन्त्री सिंह उपेक्षा र महत्वहीन बनाउने षडयन्त्रमा लागेको भनी अविश्वास सिर्जना हुँदा मुख्यमन्त्री सिंहप्रति आक्रोश व्यक्त गर्दै शीर्ष तहमा नेतृत्व परिवर्तनका लागि पहलसमेत गरिरहेका छन् ।

जनमत पार्टीको नेतृत्वमा सरकार भए पनि जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सत्ता घटक दलके आलोचना गर्दै मधेश प्रदेशमा विकासको बाधक नेपाली कांग्रेस र नेकपा एमाले भएको भनी सामाजिक सञ्जालमा गरेको टिप्पणीले पनि सत्ता घटक दलमा मुख्यमन्त्री सिंहप्रति असन्तुष्टिसँगे नेतृत्व परिवर्तनको चर्चा परिचर्चा सघन हुँदै गएको छ ।

मुख्यमन्त्री सिंहले विभिन्न समयमा स्वेच्छाचारी ढंगले सरुवा बढुवाको गतिविधिमा चासो राख्ने, जनमतका कार्यकर्तालाई आयोग, समिति, मन्त्रालयमा राख्ने, सत्ता घटक दललाई बेवास्ता गर्ने प्रवृत्तिका कारण नेपाली कांग्रेस र लोसपा सार्वजनिक रुपमै मुख्यमन्त्री सिंह असफल भएको भन्दै आएको थियो ।

यस क्रममा मंगलबारदेखि शुरु भएकोम प्रदेशसभाको चौथो अधिवेशन अन्तर्गत पहिलो बैठकमा पनि मुख्यमन्त्रीको कार्य शैलीको विरोध साम्य हुन सकेनन् । मंगलबारको प्रदेशसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णा यादवले सीके राउतले कांग्रेस र एमालेले सरकारलाई घेराबन्दी गरेको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै मुख्यमन्त्री सिंह अहिलेसम्म विकासे काम नै अघि बढाउन नसकेका, विगतमा जनतामा थुप्रै आश्वासन बाँडेको र सत्ता आएपछि सरकारले काम अघि बढाउन नसकेकाले आफै गर्न नसक्ने र अरुमाथि औंला ठड्याउने प्रवृत्तिप्रति आपत्ति जनाएका थिए भने लोसपा मधेश प्रदेशका संसदीय दलका उपनेता उपेन्द्र महतोले आर्थिक वर्षको आधा वितिसक्दा पनि विकास निर्माण शुरु हुन नपाएकोमा मुख्यमन्त्री सिंहको नेतृत्वमाथि प्रश्न खडा गरेका थिए ।

बुधबार भएको अधिवेशनको दोस्रो बैठकमा पनि सत्ता घटकमध्ये कांग्रेसका सांसद मो.समिमले काम गर्न नसकिए मार्ग प्रशस्त गर्न मुख्यमन्त्री सिंहलाई आग्रह गरे । गठबन्धनका नेताहरुमाथि जनमत पार्टीका अध्यक्ष सीके राउतले काम गर्न नदिएको सन्दर्भमा उनले आपत्ति जनाए । उनले प्रश्न गरे, ‘गठबन्धनकै साथीहरुको बुँइ चढेर मुख्यमन्त्री बन्ने र गठबन्धनकै साथीरलाई लुटेरा र डाका भन्ने

Comment


Related News

Latest News

Trending News