अपडेट 
२०८१ पुष २६, शुक्रबार १८:५०

विशेष अदालतले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का वडाध्यक्ष उपेन्द्र सहनीसहित ३ जनालाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ ।

वडाध्यक्ष सहनीसँगै वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डललाई अदालतले दोषी ठहर गरेको हो ।

अदालतले वडाध्यक्ष सहनीलाई ६ महिना कैद र २ लाख २५ हजार रुपैयाँ जरिवाना तोकेको छ । त्यस्तै, वडा सचिव साह र कार्यालय सहयोगी मण्डललाई जनही १ लाख १२ हजार ५०० रुपैयाँ जरिवानासहित ६ महिना कैदको फैसला सुनाएको छ ।

गत भदौ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष सहनी, वडा सचिव साह र कार्यालय सहयोगी मण्डललाई पक्राउ गरेको थियो । उनीहरूले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का एक सेवाग्राहीसँग घर बाटो सिफारिस गरेबापत घुस लिएका थिए ।

सेवाग्राहीले आफ्नो जग्गाको घर बाटो सिफारिसको लागि वडाध्यक्ष कार्यालयका सहयोगी मण्डलमार्फत साढे ४ लाख रुपैयाँ घुस दिएका थिए । अख्तियारको टोलीले उक्त रकमको लेनदेनमाथि छानबिन सुरु गरेको थियो ।

अख्तियारको अनुसन्धान टोलीले दोषीहरूलाई न्यायिक हिरासतमा राखेर विस्तृत अनुसन्धान अघि बढाएको थियो । अदालतमा पेस भएको प्रमाण र बयानका आधारमा विशेष अदालतले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।

Comment


Related News

Latest News

Trending News