अपडेट 
२०८१ पुष २७, शनिबार ०८:०८

मधेश प्रदेशको प्रदेशसभा बैठकमा राजविराज नगरपालिका क्षेत्र भित्र रहेको विटौरी जग्गाको समस्या समाधान बारे सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रदेशसभा सदस्य किरणकुमारी साहले प्रदेशसभाको शुक्रबारको बैठकमा विटौरी जग्गाको समस्या समाधान गर्न माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छन् । राजविराज नगरपालिका क्षेत्रमा बसोबास गर्ने ५ हजार २ सय परिवार वर्षाैँदेखि लालपूर्जा आफ्नो नाममा प्राप्त गर्न नसकेको तथा नक्सा पास समेत रोकिदा समस्यामा परेको भन्दै उनले छिटो भन्दा छिटो समाधान खोज्नु पर्ने माग समेत गरिन् ।

२०१६ सालमै नगरपालिका घोषणा भइ नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँ पुस्तौँदेखि बसोबास गर्दै आएका करिब ५ हजार २ सय परिवार वर्षाैदेखि लालपुर्जा पाउन नसक्दा समस्यामा छन् । जग्गा वापतको नगरपालिकाबाट पाएको विटौरी रसिदको आधारमा बसोबास र समस्यामा परेका बेला सोही विटौरी रसिदमा उल्लेखित जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण कर्जा लिने गरेका उनीहरु अहिले सो सेवा सुविधाबाट वञ्चित भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् ।

“विगत ८ वर्ष देखि श्रेस्ता र कम्प्यूटरमा कुनै रेकर्ड नभएको भन्दै मालपोत कार्यालयले रोक्का गर्न मान्दैनन्, प्रदेश साँसद साहले भनिन–जस कारण राजविराज नगरपालिकाका ५ हजार भन्दा बढी परिवार बैंक तथा वित्तिय संस्थाबाट पाउनु पर्ने सेवा सुविधाबाट वञ्चित भएका छन् ।” विटौरी जग्गाको वर्षाैदेखि कर लिने गरेको राजविराज नगरपालिकाले लालपूर्जा र नक्सा पास उपलब्ध नगराउँदा बैंक तथा वित्तीय संस्थाले त्यस्तो जग्गा धितो राख्न लिन मानेका छैनन्, साहले भनिन्– जसकारण राजविराजको व्यापार व्यवसाय चौपट हुनुका साथै शिक्षा, उपचार र व्यापारिक कारोबारलगायतका काम गर्न पनि नगरवासीलाई समस्या परेको छ । पुस्तौदेखि वसोवास गर्दै आएको आप्mनै जग्गा पनि समस्या पर्दा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन नपाउनु दुःखद भएको भन्दै उनले अविलम्ब सो समस्या समाधान गर्नुपर्ने माग गरिन् ।

Comment


Related News

Latest News

Trending News