अपडेट 
२०८१ पुष २७, शनिबार ०८:३२

भारतको पञ्जाबमा आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्यान गएको छ । पञ्जाब प्रहरीका अनुसार यो घटना गएराति १२ बजेतिर भएको हो ।

गोली लागेपछि गोगीलाई लुधियानाको डीएमसी अस्पताल पुर्‍याइएको थियो । अस्पतालले उहाँलाई मृत घोषणा गरेको पञ्जाब प्रहरीलाई उद्धृत गरी बीबीसी हिन्दीले जनाएको छ ।

गोगीको शवलाई डीएमसी अस्पतालको शवगृहमा राखिएको छ । घटनाको प्रारम्भिक विवरण र परिवारका अनुसार गएराति गोगीले गल्तीवश आफूले आफैलाई गोली चलाएको पाइएको छ । उहाँको टाउकोमा गोली लागेको थियो ।

गुरप्रीत गोगी लुधियाना पश्चिमबाट आम आदमी पार्टीका विधायक हुनुहुन्थ्यो ।

Comment


Related News

Latest News

Trending News