अपडेट 
२०८१ पुष २७, शनिबार १५:३४

गाजामा हमासको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कभन्दा पनि धेरै प्यालेस्टिनीले ज्यान गुमाएको एक अध्ययनले देखाएको छ । ‘द लानसेन्ट मेडिकल जर्नल’मा प्रकाशित अध्ययनले रिपोर्ट गरिएकोभन्दा मारिनेको सङ्ख्या धेरै रहेको दाबी गरेको हो ।

बेलायतको नेतृत्वमा गरिएको यो अध्ययनमा सन् २०२३ को अक्टोबर ७ तारिखमा हमास विद्रोहीले इजरालयमा आक्रमण गरेपछिका नौ महिनाको अवधिमा भएको क्षतिको विवरण समावेश छ ।

अध्ययनमा सन् २०२४ जुन ३० तारिखसम्म ६४ हजार दुई सय ६० प्यालेस्टिनीको ज्यान गएको उल्लेख छ । यो हमासको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कभन्दा ४० प्रतिशतभन्दा पनि धेरैले बढी हो ।

अध्ययनमा हमासको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क, परिवारले आफन्त गुमाएको अनलाइन सर्भेलगायतलाई आधार बनाइएको छ ।

यसैबीच गाजामा अक्टोबर ७ तारिखमा भएको आक्रमणपछि लडाकुले बन्धक बनाएका एक इजरायली बन्धकको शव फेला परेको इजरायली सेनाले पुष्टि गरेको छ । फरेन्सिक जाँचपछि इजरायली सेनाले हम्जा अल जायदना ‘हमासको कैदमा मारिएको’ जानकारी उनको परिवारलाई दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्यालेस्टिनी लडाकुहरूले गाजाको सीमा नजिकैबाट बाबुछोरालाई कब्जामा लिएका थिए । बाबु युसुफको शव बुधवार बरामद गरी इजरायल ल्याइएको सेनाले घोषणा गरेको थियो ।

उनीहरूसँगै अपहरणमा परेका हम्जाकी बहिनी र भाइलाई सन् २०२३ को नोभेम्बरमा भएको एक हप्ता लामो युद्धविरामको क्रममा रिहा गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News