अपडेट 
२०८१ पुष २८, आईतवार ०८:१८

पर्सा प्रहरीले ठूलो मात्रामा चरेश बरामद गरे पनि कारोबारी फरार भएका छन् । प्रहरीले पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट लगभग १० किलो चरेश बरामद गरेको छ ।

पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ स्थित देउरियाबाट ९ किलो ९ सय ग्राम लागूऔषध चरेश बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । शुक्रबार राति गस्तीमा खटेको प्रहरी टोलीले करिब ९ बजे सो परिमाणको चरेश बरामद गरेको जनाइएको छ । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा खटेको प्रहरीको गस्ती टोलिले गहुँ खेतबाट फालिएको अवस्थामा चरेश बरामद गरेपनि कारोबारीहरु भाग्न सफल भएको स्थानियहरुले जनाएका छन् । थापाका अनुसार गस्ती गर्ने क्रममा प्रहरीलाई देख्ने बित्तिकै मोटरसाइकलमा आईरहेको अपरिचित ब्यक्तीले गहुँ खेतमा बोराको पोका फालेर मोटरसाइकलमा भागेका थिए । बोराको पोका खोलेर हेर्दा १८ वटा पोकामा चरेस रहेको र नापतौल गर्दा ९ किलो १०० ग्राम रहेको प्रहरी निरिक्षक थापाले बताए ।

चरेश कस्को र कहाँ लग्न खोजिएको थियो भन्ने सम्बन्धमा अनुसन्धान भईरहेको थापाको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News