२०८१ पुष २८, आईतवार १३:३६

मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामु अर्यालका अनुसार १०१ किलो गाँजा, २१ किलो ४६० ग्राम चरेस र ३ किलो ४७० ग्राम अफिमसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरू दुई जना भारतीय नागरिक र एक नेपाली छन्। उनीहरूलाई शनिबार बिहान र आइतबार बिहान पक्राउ गरी मकवानपुर प्रहरीले सार्वजनिक गरेको हो।

शनिबार बिहान ठूलो परिमाणमा लागुऔषध ओसार पसार भइरहेको छ भन्ने गोप्य सूचना पाएपछि मकवानपुरको थाहा नगरपालिका-११ टिस्टुङ नौखण्डेमा जाँच गरेको थियो। राति अन्दाजी २ बजे  डिएल ८ सिएक्स १२२४ नम्बरको कार चेकजाँच गर्दा त्यहाँबाट चरेस बरामद गरेको थियो।

लागुऔषध भेटिएपछि कारमा सवार दुई भारतीय नागरिकहरु; हरियाणाको हिसार जिल्ला गोविन्दनगरका २५ वर्षीय कुनाल गोथ्वाल र सुवासनगरका २० वर्षीय मानिसकुमारलाई नियन्त्रणमा लिइएको डिएसपी अर्यालले जानकारी दिए।

त्यस्तै आइतबार बिहान साढे ५ बजे हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोइन्टमा भारतीय नम्बर प्लेट भएको डिएल १३ सी १५६१ कारलाई रोकेर चेकजाँच गर्दा १०१ किलो गाँजा फेला पारेको थियो।

गाँजा फेला परेपछि कारचालक  पर्साको वीरगन्ज महानगरपालिका-२६ अठराह सुगौलीका २० वर्षीय राजन रारूत कुर्मीलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले बताए।

Comment


Related News

Latest News

Trending News