नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिमा एकीकृत समाजवादीको आफ्नो छुट्टै पहिचान स्थापित भइसकेको दाबी गरेका छन् ।
वीरगञ्जमा आइतबार आयोजित नेकपा (एकिकृत समाजवादी) पर्साको नवौँ जिल्ला अधिवेशनको उद्घाटनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भने,‘ नेकपा (एकिकृत समाजवादी) नेपालको राजनीतिमा स्थापित दल भइसकेको छ । यो पार्टीको आफ्नो एउटा पहिचान छ । यो पार्टी शानका साथ नेपालको राजनीतिमा उभिएको छ । यो पार्टीको आफ्नै इज्जत, मान र सम्मान छ ।’ यद्यपि २००६ सालमा स्थापित नेपालको कम्युनिष्ट पार्टी समय समयमा टुक्रिनु भनेको दुभाग्र्यपूर्ण भएको बताए । उनले नेपाल राष्ट्रको एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति आफनो उच्च सम्मान रहेको बताउँदै राज्यले पनि उनलाई सम्मान गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘देशको हितमा काम गरेकाहरुलाई राज्य र दलहरुले संकीर्ण सोच त्यागेर सम्मान गर्न सक्नुपर्छ र गर्नु पनि पर्छ ।’
प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘माधव नेपालको अनुहार पनि हेर्न मन लाग्दैन भन्ने व्यक्ति नै सत्ता र कुर्सी चाहिएका बेला भने दौडेर म कहाँ आउनु प¥यो ।’ तर आफु कसैप्रति घृणाको भाव नराखेको उनले स्पष्ट पारे । अध्यक्ष नेपालले भने, ‘जस्तो बीउ रोप्यो फलपनि त्यस्तै फल्छ । जसले घृणाको बीउ रोप्छ फलमा पनि घृणा नै पाउँछ ।’ दुई ठूला शक्तिराष्ट्र चीन–भारतबीचमा रहेको नेपाल क्षेत्रफल सानो भए पनि नेपालको आफ्नो छुट्टै इज्जत, प्रतिष्ठा र स्वाभिमान रहेको धारणा उनले राखे । हरेक राजनीतिक दलले नेपाल र नेपालीको हितमा काम गर्नुपर्नेमा जोड दिए । उनले अमेरिका, रुस, चीन, भारतलगायतका देशका सरकार प्रमुखसंग नेपालको हित र प्रतिष्ठा बढाउनका लागि आफुले संवाद र छलफल गरेको उनले बताए ।
जनताको विश्वास र समर्थन प्राप्त गरेमात्रै पार्टी बलियो हुने भन्दै उनले जनताको विश्वास र समर्थन पाउनका लागि कार्यकर्ताले मेहनत गर्न आवश्यक भएको बताए । अध्यक्ष नेपालले भने, ‘जुन दलका नेता तथा कार्यकर्ता जनताको माझमा गएर उनीहरुका पीडा, वेदना र समस्या सुन्छन् । ती दललाई नै जनताको समर्थन र साथ प्राप्त हुन्छ ।
यसका लागि जनताको माझमा जान म नेता कार्यकर्ताहरुलाई आग्रह गर्छु ।’ नेकपा एस पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनेश प्रसाद यादव, राप्रपाका नेता सुमेश्वरनाथ उपाध्याय लगायतकाले पनि बोल्दै अधिवेशनको सफलताको शुभकामना दिए ।
नेकपा एस पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनेशप्रसाद यादव, राप्रपाका नेता सुमेश्वरनाथ उपाध्यायलगायतकाले पनि बोल्दै अधिवेशन सफलताको शुभकामना दिएका थिए ।