२०८१ पुष २९, सोमबार १९:११

जनकपुरधाममा युवाहरुले टायर बालेर धनुषा प्रहरीविरुद्ध नाराबाजी एवम प्रदर्शन गरेका छन् ।

सोमबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका युवाहरुले जनक चोकमा टायर बालेर प्रदर्शन गर्नुका साथै धनुषा प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । घर भाडाको विषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका युवाहरु र अर्को पक्षबीच कुरा नमिल्दा होहल्लाको स्थिती सृजना हुँदा राष्ट्रिय युवा संघका प्रदशस अध्यक्ष लभ अधिकारीमाथि एक जना हवलदारले कालर समातेर हातपात गरेको भन्दै आफूहरुले विरोध गरेको अनेरास्ववियु धनुषा जिल्ला अध्यक्ष पुरुषोत्तम चौधरीले जानकारी दिए । हवलदारले गरेको अभद्र व्यवहारको जानकारी इन्सपेक्टर एस के यादवसमक्ष गर्न जाँदा उल्टै उनले आफूहरुमाथि झन बढि दुव्र्यवहार गरेको अध्यक्ष चौधरीली सुनाए ।

मुख्य चोकमै टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरीले आगो निभाएका छन् । आक्रोसित युवाहरु सडकको बीचमै बसेर बाटो अवरुद्ध बनाएका छन् । अहिले जनक चोकमा प्रहरी र सुरक्षा बलको बाक्लो उपस्थिती रहेको छ ।

यता इन्सपेक्टर एक के यादवसंग फोन सम्पर्क गर्दा उनले छलफलको क्रममा विवाद हुँदा आफूहरुले सम्झाउन मात्र खोजेको र युवाहरुले लगाएको आरोपमा कुनै सत्यता नरहेको प्रतिक्रिया दिएका छन् ।

Comment


Related News

Latest News

Trending News