२०८१ माघ १, मंगलवार १३:५९

माघे संक्रान्तिको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि जनकपुरधाममा खिचडी भोज गरिएको छ।

जनकपुरधामको जानकी चोकस्थित अंगराज सर (अरगज्जा) पोखरीको डिलमा खिचडी भोजको आयोजना गरिएको छ। जानकी मन्दिर छेउमा रहेको जानकी चोकका स्थानीय युवा तथा व्यापारीहरुले खिचडी भोजको आयोजना गर्ने गर्छन । भाईचारा र संस्कृतिलाई जोगाउनका लागि विगत १३ वर्षदेखि यस भोजको आयोजना गर्दै आएको स्थानीउ युवा बीरेन्द्र कर्णले बताए। उनेल हरेक धर्म, वर्ग र जातका व्यक्तिलाई एकै ठाउँमा राखेर खिचडी खुवाउने गरेको उनले बताए ।खिचडी भोज बेलुकी सम्ैे चल्ने र करीब ८०० जनाले यहाँ आएर खाने उनले बताए ।

भोजमा खिचडी, पापड, अचार, दही, चिनी, घ्यूसहितको परिकारको व्यवस्था गरिन्छ। भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीय, सञ्चारकर्मी तथा समाजसेवीहरुको उपस्थिति रहेको छ ।

Comment

Related News

Latest News

Trending News