अपडेट 
२०८१ माघ ३, बिहीबार ०८:२८

सत्तारुढ जनमत पार्टीलाई पनि विपक्षी दलहरूको बैठकमा सहभागी गराउने प्रयास सकारात्मक रुपमा अघि बढेको जनाइएको छ ।

संयुक्त वक्तव्य सार्वजनिक गर्नेगरी बिहीबार पनि विपक्षी दलहरूको बैठक बस्दैछ । काठमाण्डुमा बुधबार बसेको विपक्षी दलहरूको बैठकमा अन्य साना दलहरूलाई पनि समेट्ने प्रयास भइरहेकोबारे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जानकारी गराएका छन् । सो बैठकमा सहभागी एक नेताले जनाए अनुसार नेपाल मजदुर किसान पार्टी, जनमोर्चा, जनमत पार्टी, जनता समाजवादी पार्टी, लगायतका दलहरूलाई विपक्षी मोर्चामा सहभागी गराउने पहल सकारात्मक रुपमा अघि बढिरहेको पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले संकेत गरेका छन् ।

अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै ती नेताका अुनसार जनमत पार्टीका अध्यक्ष राउत विपक्षी दलहरूको बैठकमा सहभागी हुने कुरामा सकारात्मक छन् । तर, मधेश प्रदेश सरकारको नेतृत्व आफ्नै पार्टीले गरिरहेका कारण उनी अलमलमा पनि देखिएको ब्रिफिङ अध्यक्ष नेपालले गरेका थिए । उनले भने, ‘सीके राउतजी पनि सकारात्मक हुनुहुन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘तर मधेशमा आफ्नो पार्टीबाट मुखयमन्त्री भएकाले अलमलमा देखिनुहुन्छ ।’

सो बैठकले प्रतिपक्षी दलहरूले सरकारले साना दलको आवाज कमजोर पार्न थ्रेसहोल्ड बढाउन खोजेको निष्कर्ष निकालेका छ । विपक्षी ६ दलको बैठकले सरकारले दुई दलीय व्यवस्थातिर देशलाई लैजान खोजेको निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताए । पूर्वमन्त्रीसमेत रहेका पुनले भने, ‘दलसम्बन्धी विधेयकमा थ्रेसहोल्ड बढाउने तयारी भइरहेको छ। त्यसमा साना दलहरूको आवाजलाई कमजोर पार्ने, जनताको सहभागीलाई कमजोर पार्ने, लोकतन्त्रको सुन्दरता भनेको समावेशिता हो त्यसलाई कमजोर बनाउने कथित दुई दलीय व्यवस्थातिर लैजाने प्रयास भइरहेको छ।

लोकतन्त्रको लागि त्यो बेठिक छ रहेको साझा धारणा बनेको छ ।’ सबै विपक्षी दलहरूलाई समेटेर साझा धारणा सार्वजनिक गर्नको लागि अनौपचारिक ड्राफ्ट कमिटी पनि बनाएको छ । कमिटीमा माओवादीका उपमहासचिव पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा. बेदुराम भुसाल रहेका छन्। आज साँझसम्ममा कार्यदलले काम टुंग्याएर भोलि नै सार्वजनिक गर्ने तयारी विपक्षी दलहरूको छ ।

बैठकले सरकारले ससद् छलेर स्वच्छाचारी ढंगले अध्यादेशले शासन गर्न खोजेको भन्दै विशेष अधिवेशन बोलाउने चेतावनी दिए । उनले भने, ‘दुई ठूला पार्टी मिल्यौँ भनेर गणितीय हिसाबले हामी सजिलो स्थितिमा छौँ भनेर जनताको भावना विपरीतका कामहरू हुँदै गएका छौँ। हामी सोको विरुद्धमा छौँ ।’

Comment


Related News

Latest News

Trending News