अपडेट 
२०८१ माघ ३, बिहीबार ०८:३५

ठगी प्रकरणमा पक्राउ परेका वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वनिर्देशक बलराम ठाकुरलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले आदेश दिएको छ ।

सरकारी छाप तथा हस्ताक्षर किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पूर्वनिर्देशक ठाकुरलाई गत पुष २ ९ गते ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेपछि पूर्वनिर्देशक ठाकुरलाई ललितपुर परिसरको सहयोगमा पक्राउ गरिएको थियो । उनलाई जनकपुरधाम ल्याएर अनुसन्धान अघि बढाइएको छ ।

सो प्रकरणमा ठाकुरसहित अन्य तीन जना कर्मचारीहरू पनि संलग्त रहेका छन् । वृहत्तर जनकपुरका लेखापाल सावित्री गिरी, प्रशासन प्रमुख जितेन्द्रकुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरी पनि सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँको ठगीमा संलग्न रहेको आरोप छन् । उनीहरूसँगै सो घटनामा मुछिएका अन्य कर्मचारीहरू विरुद्ध गत मंसिर महिनामा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गरिएको थियो ।

अदालतले समेत उनीहरूविरुद्ध पक्राउ गरी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो । ठगी प्रकरणमा २०७६ सालको असार ३१ गतेको एक किर्ते सम्झौतासँग जोडिएको छ । महोत्तरीको एकडारा गाउँपालिकाका मुकेश यादवको नाममा ३० लाख रुपैयाँ निकासी गरिएको थियो । यादवले सो रकम निकासी गरिएको बारेमा पछि थाहा पाएपछि प्रहरीमा जाहेरी दिएका थिए । उनले आफ्नो नाममा बनाइएका कागजात र हस्ताक्षर किर्ते गरेर रकम हिनामिना गरिएको उल्लेख गरेका थिए ।

सो घटनामा संलग्न व्यक्तिहरूले सरकारी छाप र हस्ताक्षरलाई दुरुपयोग गर्दै विभिन्न कागजात तयार पारेका थिए । यादवले जनाए अनुसार आफ्नो नाममा किर्ते गरेर विभिन्न कागजात तयार गरी ३० लाख रुपैयाँ हिनामिना गरिएको थियो । उनीहरूले सरकारी कार्यालयको नाममा किर्ते कागजात तयार गरेर रकम निकासा गरेको दाबी गरेका छन् ।

यस प्रक्रियामा यादवको नाममा सरकारी भाडा सम्झौतासम्म बनाइएको थियो । जसमा एक वर्षको भाडा र अन्य खर्च पनि किर्ते गरी रकम निकासी गरिएको छ । सो परिषद्मा केही वर्षदेखि कार्यकारी निर्देशक र अन्य कर्मचारीहरूबीचको मनमुनाटवले कार्यालयको दैनिक काममा ठूलो समस्या आएको थियो । परिषद्का अध्यक्ष र कर्मचारीहरूको बीचमा हुने मनमुटावले कार्यालयको कार्यसम्पादनमा असर पु¥याएको थियो ।

Comment


Related News

Latest News

Trending News