२०८१ माघ ३, बिहीबार २०:२८

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झालाई थुनामा राख्नुपर्ने कारण पेस गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ। बिहीबार बसेको न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

झाले आफूलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा पुस २ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

उनले गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत, उच्च सरकारी वकिलको कार्यालय पाटन, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, प्रहरी प्रधान कार्यालय नक्साल र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई विपक्षी बनाएका छन्।

उनी हाल केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा छन्।

यसअघि उच्च अदालत पाटनले पनि मंसिर २७ गते झालाई थुनाबाट रिहा गर्न अस्वीकार गरेको थियो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले भदौ २ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। गत असार १४ गते झा र थापा पक्राउ परेका थिए। उनीहरू लामो समयसम्म फरार रहँदै आएका थिए।

झालाई भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले दिएको बयानका आधारमा पक्राउ गरेको हो। तर झाले आफ्नो संलग्नताबारे भने अस्वीकार गर्दै आएका थिए।

Comment

Related News

Latest News

Trending News