अपडेट 
२०८१ माघ ४, शुक्रबार ०८:३५

रौतहटको दुर्गाभगवती गाउँपालिकामा आर्थिक अनियमितता तथा भ्रष्टाचार भएको भन्दै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

स्थानीय लालबाबु महतोले पालिकामा भइरहेको आर्थिक अनियमितता तथा भ्रष्टाचारमा संलग्नमाथि आवश्यक छानबिन गरी कारबाही गर्न समितिमा उजुरी दिएका छन् । महतोले समितिमा दिएको उजुरी बिहीबारको समितिको बैठकमा उपस्थित सांसदहरूलाई वितरण गरिएको जनाइएको छ ।

गाउँपालिका कार्यालय र वडा नम्बर ३ को कार्यालयले विभिन्न गैरकानुनी कार्य गरेको, व्यापक अनियमितता एवं भ्रष्टाचारजन्य कार्य गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको महतोले दिएको उजुरीमा उल्लेख गरिएको छ । सो पालिकामा भइरहेको आर्थिक अनियमितता र भ्रष्टाचाका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइएको भए पनि अहिलसम्म कुनै कारबाही नभएको उजुरीमा उल्लेख छ ।

उजुरीकर्ताहरूमाथि नै पछिल्लो समय विभिन्न धाकधम्की आउने गरेकोले असुरक्षाको अवस्था सिर्जना भएको भन्दै महतोले पालिकाका सम्बन्धित व्यक्तिलाई समितिमा झिकाएर आवश्यक छानबिन गरी कारबाही गर्न माग गरिएको छ । सामाजिक सुरक्षाभत्ता वितरण, शिक्षक नियुक्ति, विकास निर्माणको टेन्डर प्रक्रिया लगायतमा आर्थिक अनियमितता भएको उजुरीमा उल्लेख रहेको छ ।

Comment


Related News

Latest News

Trending News