२०८१ माघ ४, शुक्रबार ०८:३९

तीन अघि डुबेर मृत्यु भएको बालिकाको गाडिएको शव बिहीबार भेटिएपछि देउरी भरुवा टोल र आसपासका क्षेत्र स्तब्ध भएको छ । कुनै अर्कै बालिकाको हत्या गरी फालिएको हुन सक्ने अनुमानका साथ हल्ला पैmलिएपछि सप्तरीको राजविराज नगरपालिकाको वडा नम्बर १५ स्थित देउरी भरुवा टोल स्तब्ध भएको छ ।

एकाविहानै एक बालिकाको शव खोला किनारमा फेला परेको हल्ला फैलिएपछि सो टोलका साथै आसपासका गाउँबाट समेत मानिस ओइरिएका थिए । हल्ला फैलिएपछि प्रहरी टोली पनि घटना स्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ । अनुसन्धानका क्रममा तीन दिन अघि पुस २९ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकका– ५ स्थित कोइलाडी बर्साइनमा पोखरीमा डुबेर मृत्यु भएकी २ वर्षीया साक्षी मण्डलको शव रहेको पत्ता लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नायब उपरीक्षक जीतेन्द्र कुमार बस्नेतले दिएको जानकारी अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिकाका तिलाठी कोइलाडी गाउँपालिका स्थित मामा घर आएकी बेला ती बालिका साथीहरु संग खेल्ने क्रममा अचानक खुट्टा चिप्लिएर पोखरीमा डुबेकी थिइन् । उपचारका लागि अस्पताल ल्याउँदा ल्याउँदै उनको मृत्यु भएको थियो ।

पोस्टमार्टमपछि उनका आफन्तजनले सो टोल नजिकै रहेको खाँडो खोलाको किनारमा बालिकाको शव गाडेका थिए । तर गहिरो खाडल न खनी गाडेपछि स्याल र कुकुरलगायतका जनावरले शव बाहिर निकालेको प्रहरीको भनाइ छ । जसलाई हेर्न स्थानीयको ओइरो लागेको थियो । शरीरका कतिपय अंग जनावरले खाइसकेको अवस्थामा फेला परेको र सो शव तीन दिन अघि डुबेर मृत्यु भएकी साक्षीकै हो भनेर पुष्टि भइसकेपछि पुनः सोही स्थानमा गहिरो खाडल खनेर अन्त्येष्टी गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News