२०८१ माघ ५, शनिबार ०८:५३

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा.रामनरेश पण्डित नियुक्त भएका छन् ।

अध्ययन–अध्यापनको लामो अनुभवी रहेका नवनियुक्त रेक्टर डा.पण्डित प्रोफेसर पनि हुन् । प्रादेशिक अस्पताल जनकपुरको डाइरेक्टर रहीसकेका डा.पण्डित गाइनोमा विशेषसमेत रहेका छन् । प्रतिष्ठानका रेक्टर डा.अंकुर साह उपकुलपति नियुक्त भएदेखि नै सो पद रिक्त रहेको थियो । सम्पूर्ण मापदण्ड पूरा गरेका नवनियुक्त डा.पण्डित यस पदका लागि अब्बल पनि छन् ।

मधेश प्रदेश सरकारको पूर्ण स्वामित्वमा रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल जनरल सर्जरी, गाइनो र इन्टरनल मेडिसिनमा स्नात्तकोत्तरको अध्यापन गराइरहेको छ । योग्यता पुगेका दक्ष, अनुभवीलाई मात्र नियुक्ति गरिने मधेश प्रदेश सरकारले जनाउँदै आएको थियो ।

सरकारले मधेशको गौरवको योजनामा राखेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले छोटो समयमै ठूलो उपलब्धि प्राप्त गरेको दाबी गर्दै आएको छ । रेक्टरको नियुक्ति भएसंगै एमबीबीएसको अध्यापनमा सहज हुने विश्वास लिइएको छ ।

Comment


Related News

Latest News

Trending News