
मारवाडी सेवा समिति अन्तर्गतका मारवाडी महिला मञ्च जनकपुरधामको निर्वाचनबाट सर्वसम्मत रुपमा शारदा देवी अग्रवाल निर्वाचित भएकी छन् ।
सो मञ्चको निवर्तमान अध्यक्ष दीपा चौधरी रहेकी छन् भने उपाध्यक्षमा रञ्जु रुंगटा, महासचिवमा रितु अग्रवाल, सचिवमा स्तुति सर्राफ र कोषाध्यक्षमा नाजुक अग्रवाल जैन सर्वसम्मबाट निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत निर्मल कुमार चौधरीले जानकारी दिए । त्यस्तै कार्याकारिणी सदस्यहरुमा सिमरन झुन्झुनवाला, दीपा चौधरी अग्रवाल, नेहा मोहनका, रचिता सिंघानिया, इतिका टिवरेवाल खेतान र सरिता अग्रवाल सर्वसम्मत रुपमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत चौधरीले बताए ।