अपडेट 
२०८१ माघ ५, शनिबार ०९:४१

दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात साँढे जुधाइ प्रतियोगिताको क्रममा कम्तीमा सात जनाको ज्यान गएको छ । चार सय जनाभन्दा धेरै घाइते भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा अस्ति र हिजो गरेर सात जनाको ज्यान गएको खबरमा उल्लेख छ ।

शिवगङ्गाई जिल्लाको सिरावयाल गाउँमा साँढे लखेट्नेक्रममा मालिककै ज्यान गएको छ । प्रहरीले धेरैजसो मृत्यु र घाइते साँढे जुधाउने मैदान बाहिरै भएको बताएका छन् ।

भारतको तमिनाडुमा साँढे जुधाउने चलन निकै लोकप्रीय छ । वर्षेनि मानिसको ज्यान जाने घटना हुँदै आए पनि स्थानीय प्रशासनले कुनै कदम नचालेको गुनासो बढ्दै गएको छ ।

Comment


Related News

Latest News

Trending News