अपडेट 
२०८१ माघ ५, शनिबार १९:४३

बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयले जानकी मन्दिर परिसरमा दिप प्रज्वलन गरेको छ ।

सहिदरुको सम्झनामा, दिवंगत आत्माहरुको चिर शान्तिको कामना गर्दै सम्मान स्वरुप १ लाख दिप प्रज्वलन गरिएको मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले जानकारी दिए । त्यस्तै, उनले भोली बिहान ६ बजे मधेश प्रदेशको मन्त्रालय परिसर क्षेत्रमा बृक्षारोपन कार्यक्रमसमेत गर्ने बताउनुभयो ।

दिप प्रज्वलन कार्यक्रममा प्रदेशका मन्त्री, सांसद, विभिन्न निकायका पदाधिकारी, युवा, सञ्चारकर्मी र जनकपुरवासीको उपस्थित रहेको थियो ।

Comment


Related News

Latest News

Trending News